टी-२० विश्वकप : बंगलादेश र श्रीलंका खेल्दै

२०८१ जेष्ठ २५, शुक्रबार २०:४४

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान पन्धौं खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको पन्धौं खेलमा समूह डी मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार शनिबार बिहान सवा छ मा अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुदैछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंका दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । प्रतियोगितामा पहिलो खेल खेल्दै गरेको बंगलादेश पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा को बंगलादेश र श्रीलंकाको अलावा दक्षिण अफ्रिका, नेपाल र नेदरल्यान्ड्स तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy