डली भट्ट कप्तानीमा चिनमा प्रतियोगिता खेल्ने नेपाली यु-१९ महिला टिमको घोषणा

Dolly Bhatta

नोभेम्बर ११ देखि चिनको संघाईमा आयोजना हुने ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगिताकको लागि १४ सदस्यीय नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ।

प्रतियोगितामा नेपाल लगायत आयोजक चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरि कुल ६ टिमले सहभागिता जनाउने छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाईल्याण्डसंग नोभेम्बर ११ मा खेल्ने तालिका रहेको छ। दोश्रो खेल साउदी अरबसंग नोभेम्बर १२ मा तथा तेश्रो खेल सोहि दिन चिनसंग खेल्नेछ। यस्तै चौथो खेल मलेसियासंग १४ नोभेम्बरमा तथा पाँचौ र अन्तिम खेल म्यानमारसंग १५ नोभेम्बरमा खेल्नेछ। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टिम नोभेम्बर ८ मा चिन प्रस्थान गर्नेछ।

यस्तो छ १४ सदस्यीय नेपाली टिम 

डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि, इश्वरी बिस्ट, लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी

बैकल्पिक खेलाडी :- हेलिशा लामा गुरुङ , पेम लम्बु शेर्पा, मनिषा राना

प्रशिक्षक : कलाम अलि , व्यवस्थापक – अमृता पौडेल, फिजियो – सकुना दानी

नेपाली टिमको प्रशिक्षण नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी कलाम अलिले गर्नेछन्। टिमको छनौट प्रशिक्षक अलि, बिनोद दास र जगत टमाटा रहेको ३ दसस्यीय छनौट समितिले गरेको हो।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]