तीन अर्धशतकको सहयोगमा क्यानडाविरुद्धको सिरिज नेपाललाई

काठमाडौं । तीन अर्धशतकको सहयोगमा नेपालले क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिज एक खेल अगावै जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । जितसँगै नेपालले तीन खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएसँगै जित हात पारेको छ ।

क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आफ्नो ओडिआई ईतिहासमा नेपालले सर्वाधिक ठूलो लक्ष्य भेट्ने कीर्तिमानसँग बराबरी गरेको छ । नेपालले १४ फेब्रअरी २०२३ मा नामिबियाविरुद्ध २ सय ८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ सय १ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ८७ रन बनाए । देव खनालले ८१ बलमा ७ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए । ओपनर अनिल शाहले २० बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाए ।

 

शाहले १९ बलमा ७ चौका ३ छक्काको अर्धशतक बनाएका थिए । नेपालको ओडिआई ईतिहासमा यो सर्वाधिक कम बलमा बनेको अर्धशतक हो । उनले १३ मार्च २०२३ मा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध आशिफ शेखले २१ बलमा अर्धशतक बनाएका थिए ।

May be an image of 1 person and text

कीर्तिमानी अर्धशतक बनाए लगत्तै शाह ईश्वरजित सोहीको बलमा आउट भए । शाहले २६ मार्च २०२२ मा पिएनजीसँग खेल पछि ओडिआई खेलेका थिए । अर्का ओपनर आशिफ शेख १० रनमा ईश्वरजित सोहीको बलमा आउट भएका थिए । पहिलो विकेटका लागि शाह र शेखले ५५ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहित कुमार पौडेलले ६७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पौडेलको ५६ औं खेलमा यो नवौं अर्धशतक हो । ८७ रन बनाउँदै कप्तान पौडेल क्यानडाका कप्तान साद विन जाफरको बलमा आउट भए ।

२०२२ जुलाई १७ पछि नेपाली टिमबाट ओडिआई खेलेका खनालले ५६ बलमा ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरे । खनालको यो ११ औं खेलमा तेस्रो अर्धशतक हो । खनाल शाहिद अहमदजाईको बलमा ३४ दशमलब ३ ओभरमा ३४ रनमा क्याच मिस भएका थिए ।

खनाल ३३ दशमलब ५ ओभरमा हर्ष थाकरको बलमा आउट भए । खनाल र पौडेलले तेस्रो विकेटका लागि १ सय ५० रनको शतकीय साझेदारी गरे । तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो सर्वाधिक ठूलो साझेदारी हो । यसअघि १४ फेब्रुअरी २०२३ मा नामिबियाविरुद्ध कप्तान पौडेल र कुशल भुर्तेलले १ सय ३३ रनको साझेदारी गरेका थिए ।

भीम सार्कीले २१ बलमा २३ रन बनाए । भीम ३९ दशमलब ३ ओभरमा दीलप्रित बाज्वाको बलमा आउट भए । पवन सरार्फले बलमा ८ बलमा १४ रन बनाएर हर्ष थाकरको बलमा आउट भए ।

त्यसअघि टस जितेर पहिले बलिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोनसनले ६२ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १० चौका र २ छक्का प्रहार गर्दै भीम सार्कीबाट रन आउट भए । जोनसन ५० बलमा ४२ रनमा रहँदा आकाश चन्दको बलमा सुर्य तामाङले क्याच मिस गरेका थिए ।

जोनसन र धलीवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । नविनित धलीवालले ६० बलमा ४६ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए । धलीवाल १८ दशमलब २ ओभरमा आकाश चन्दको बलमा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए । आकाशको ओडिआईमा यो डेब्यु विकेट रहेको थियो । चन्दले आज नै ओडिआई डेब्यु गरेका थिए ।

प्रगत सिंहले ३८ बलमा ३८ रन बनाए । सिंहले ६ चौका प्रहार गरेका थिए । उनी कप्तान रोहितकुमार पौडेलको बलमा सोमपाल कामीद्वारा क्याच आउट भए । सिंह नेपाली कप्तान पौडेलको नै बलमा देव खनालले क्याच मिस गरेका थिए । क्याच मिस हुँदा उनले २३ बलमा ३० रन बनाएका थिए ।

सिंहले पहिलो ओडिआईमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । सोहि ओभरमा कप्तान पौडेलले निकोलस किर्टनलाई आशिफ शेखबाट स्टिम्पीङ गरेका थिए । निकोलसले २९ बलमा २० रन बनाएका थिए ।

पाँचौ विकेटका रुपमा ३४ दशमलब ५ ओभरमा सुर्य तामाङले हर्ष थाकरलाई आउट गराए । सुर्यको यो ओडिआई खेलको डेब्यु विकेट समेत रहेको थियो । उनले यसै सिरिजको पहिलो खेलमा डेब्यु गरेका थिए ।

छैटौं विकेटका रुपमा दिलप्रति बाज्वालाई ३८ दशमलब ४ ओभरमा कुशल मल्लले बोल्ड आउट गराए । क्यानडाको सातौं विकेटका रुपमा ४० दशमलब ४ ओभरमा कप्तान साद विन जाफर कुशल मल्लको बलमा पवन सरार्फबाट क्याच आउट भए ।

आठौं विकेटका रुपमा ४४ दशमलब ५ ओभरमा शाहिद अहमदजाई १३ रन बनाउँदै पवन सरार्फको बलमा बोल्ड भए । नवौं विकेटका लागि श्रेयस मोभ्भा र उदय भगवानले ४६ रनको साझेदारी गरे । मोभ्भाले ४२ बलमा ४० रनबनाउँदा भगवान २० रनमा अविजित रहे ।

पहिलो विकेटका लागि ९४ को साझेदारी भएपनि नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेल तथा कुशल मल्लले समान दुई दुई तथा पवन सरार्फ, सुर्य तामाङ, सोमपाल कामी र आकाश चन्दले समान एक एक विकेट लिए ।

बिहीबार भएको पहिलो खेल नेपालले सात रनले जितेको थियो ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]