दक्षिण अफ्रिकासँग चलेन श्रीलंकाको ब्याटिङ, ७७ रनमा नै अल आउट

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिका सामू श्रीलंकाको ब्याटिङ नचल्दा रनमा अल आउट भएको छ ।

अमेरिकाको न्युयोर्कमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा ७७ रन बनाउँदै अल आउट भयो ।

श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ३० बलमा १९ तथा एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन बनाए । कमिन्डु मेन्डिसले १५ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ४ ओभरमा ७ रन मात्र खर्चिएर ४ विकेट लिए । कागिसो रबडा र केशब महाराजले समान दुई दुई तथा ओटनिल ब्राटम्यान एक विकेट लिए ।

दुवै टिम सन् २००७ बाट सुरु प्रतियोगिताको सबै संस्करणमा सहभागी रहेका छन् । श्रीलंका २०१४ को च्याम्पियन टोली हो । भने, दक्षिण अफ्रिका २००९ र २०१४ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ मा अस्ट्रेलियामा भएको आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेर दुवै टोली यस विश्वकपका लागि छनोट भएका थिए ।

श्रीलंका र दक्षिण अफ्रिकाबीच टी-२० आईको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिका अपराजित रहेको छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]