दुवै कोचको संगै जन्मदिन, यसरी गर्यो नेपाली टिमले सेलेब्रेसन

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र बलिंग प्रशिक्षक भुरिती भेंकटरामको जन्मदिन एकै दिन परेको छ। संयोगले दुवैको जन्मदिन एकै दिन सेप्टेम्बर २९ मा परेपछि एकै पटक केक काटेर नेपाली टिमले एक साथ जन्मदिन मनायो। पटवाल र भेंकटरामले बर्थडे केक काट्दै एक अर्कालाई खुवाउदै टिम होटलमा जन्मदिन मनाए।

भेंकटरामलाई ओमान र सिंगापुर टुरको लागि आईसीसीले बलिंग प्रशिक्षक नियुक्त गरेको थियो। पटवाल यसै वर्ष अप्रिलमा रमुख्य प्रशिक्षक नियुक्त भएका थिए। 

सिंगापुरमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेसंग पराजित भएता पनि दोश्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले विशाल अन्तरले पराजित गरेको थियो। नेपालको जितमा कप्तान पारस खड्काले टि-२० अन्तर्राष्ट्रियकै पहिलो शतक बनाएका थिए। दुवै प्रशिक्षकको जन्मदिनसंगै जितको खुसि पनि नेपाली टिमले मनाउन पायो।

फोटोहरुमा हेर्नुस कसरि मनाइयो दुइ प्रशिक्षकको जन्मदिन 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy