दोश्रो सिजनको पिपिएल आज देखि सुरु ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

२०७६ मंसिर २९, आईतवार ०८:०९

दोश्रो संस्करणको पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० आइतबार देखि पोखरामा सुरु हुँदैछ। पिपिएलको पहिलो खेलमा साविकको विजेता शरद भेसावकर कप्तानीको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ गोल्डेन वारियर्सले प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेल ११:३० बजे सुरु हुँदैछ।

पोखरा प्रिमियर लिग बारे सम्पूर्ण जानकारी एकै ठाउँमा 

कहाँ हुँदैछ – पोखरा, पोखरा रंगशालामा स्थित क्रिकेट मैदानमा

सहभागी टिमहरु – चितवन राइनोज, बिराटनगर टाईटन्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, पोखरा पल्टन, काठमाडौँ गोल्डेन वारियर्स

टिम कप्तानहरु – पारस खड्का ( चितवन राइनोज ) , प्रदिप ऐरि ( बिराटनगर टाईटन्स )   , सोमपाल कामि ( बुटवल ब्लास्टर्स ) , दिपेन्द्र ऐरि ( धनगढी ब्लुज )  , शरद भेसावकर ( पोखरा पल्टन ) र ज्ञानेन्द्र मल्ल ( काठमाडौँ गोल्डेन वारियर्स )

अघिल्लो सिजन कसले जितेको थियो – शरद भेसावकर कप्तानीको पोखरा पल्टनले पारस खड्का कप्तानीको चितवन राइनोजलाई पराजित गर्दै उपाधि जितेको थियो।

PPL Captains

प्रतियोगिताको फर्म्याट – लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । आयोजकका अनुसार हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरणमा सबै टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। लिगको दोश्रो र तेश्रो हुने टिमले इलिमीनेटर खेल्नेछन् जसको विजेता फाइनल पुग्नेछ।

पुरस्कार राशि – विजेताले २७ लाख रुपैयाँ, उप-विजेताले १० लाख रुपैयाँ।  प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले  टिभिएस मोटरसाइकल प्राप्त गर्नेछ।  प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख, इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया, प्रत्येक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ।

खेल प्रत्यक्ष हेर्ने कहाँ – खेलको हिमालय टिभीमा प्रत्यक्ष प्रशारण हुनेछ। मैदानमा गएर खेल हेर्न प्रवेश निशुल्क गरिएको छ।

कुन टिममा को-को खेलाडी छन् ? 

पोखरा पल्टन – शरद भेसावकर ( कप्तान ) , बिनोद भण्डारी, राशिद खान, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, मेहबुब आलम, कृष्ण कार्की, इशान पाण्डे, ललित राजबंशी, सुमन घिमिरे, विदेशी खेलाडीहरु – रभी इन्दर सिंह, प्रथमेश डाके, सर्बजित लड्डा

काठमाडौँ गोल्डेन वारियर्स  – ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, पृथु बास्कोटा, सुशन भारि, नन्दन यादब, सुर्य तामांग, विदेशी खेलाडीहरु – जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी

बिराटनगर टाईटन्स – प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल  , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम ( एक विदेशी खेलाडी घोषणा गर्न बाँकी )

धनगढी ब्लुज – दीपेन्द्र सिंह ऐरी (कप्तान), मञ्जित श्रेष्ठ, रोबिन क्षेत्री, सन्दीप सुनार, कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरव खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुनम गौतम, अनिल खरेल, विदेशी खेलाडी -अमित यादव (भारत), श्रीमन्था विजयरत्ने र रोड्रिगो थोमस

बुटवल ब्लास्टर्स – सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क

चितवन राइनोज – पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करन केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुसाल, विदेशी खेलाडी – सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा

खेल तालिका – 

डिसेम्बर १५ – पोखरा पल्टन Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर १६ – बिराटनगर टाईटन्स Vs धनगढी ब्लुज , काठमाडौँ गोल्डेन्स Vs वारियर्स बुटवल ब्लास्टर्स
डिसेम्बर १७ – पोखरा पल्टन Vs चितवन राइनोज
डिसेम्बर १८ – काठमाडौँ गोल्डेन्स वारियर्स Vs धनगढी ब्लुज , बिराटनगर टाईटन्स Vs पोखरा पल्टन
डिसेम्बर १९ – बुटवल ब्लास्टर्स Vs चितवन राइनोज
डिसेम्बर २० – पोखरा पल्टन Vs बुटवल ब्लास्टर्स , धनगढी ब्लुज Vs चितवन राइनोज
डिसेम्बर २१ – बिराटनगर टाईटन्स Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २२ – बिराटनगर टाईटन्स Vs चितवन राइनोज
डिसेम्बर २३ – धनगढी ब्लुज Vs पोखरा पल्टन
डिसेम्बर २४ – चितवन राइनोज Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २५ – बुटवल ब्लास्टर्स Vs बिराटनगर टाईटन्स
डिसेम्बर २६ – इलिमिनेटर ( लिगको दोश्रो र तेश्रो ) , डिसेम्बर २८ – फाइनल ( लिगको पहिलो र इलिमीनेटरको विजेता )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy