धनगढी बिरुद्ध बुटवलको शानदार जित, तेश्रो जितपछि बुटवल दोश्रो स्थानमा उक्लियो

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेलमा सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ।

जितपछि बुटवल ब्लास्टर्स ४ खेलमा ३ जित र १ हारको साथ ६ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना पक्का बलियो बनाएको छ। हार पछि धनगढी भने प्लेअफ पुग्ने सम्भावना सकिएको छ। ४ खेलमा धनगढीले १ जित र ३ हार बेहोरेको हो।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै धनगढीले दिएको १४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा बुटवलले राम्रो सुरुवात गरेको थियो। ओपनर अफ्ताबुद्दीन एहमद र शंकर रानाले पहिलो विकेटको लागि ४.४ ओभरमा ५३ रनको साझेदारी गरे जसमा ५२ रन अफ्ताबुद्दीन एक्लैले प्रहार गरेका थिए। ७ छक्का र १ चौका प्रहार गरेका अफ्ताबुद्दीनलाई दिपक पुनियाले पाँचौ ओभरमा आउट गरे।

दोश्रो विकेटको लागि शंकर र हर्ष टोन्क बीच पुनः अर्धशतकीय साझेदारी भयो। दशौँ ओभरमा अनिल खरेलले हर्षलाई आउट गरे जसले २१ बलमा ३ चौका र ४ छक्का मदतले ४० रन बनाएका थिए। २५ रन बनाएर शंकर १४ औं ओभरमा आउट भए जुन बेला बुटवल जित नजिक पुगीसकेको थियो।

शिभम सिंहले अविजित १५ तथा भिम शार्कीले अविजित ७ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

धनगढीको लागि देब्रे हाते स्पिनर अनिल खरेलले २ तथा दिपक पुनियाले १ विकेट लिए।

अविनाशको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो।

Dipendra Airee

धनगढीको लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक ६१ रन बनाएका थिए। ऐरीले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै सन्दिप जोराले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन र सौरभ खनालले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय १३ रनमा सुरुवाती ३ विकेट गुमाएको धनगढीको लागि दिपेन्द्र एरी र सन्दिप जोराले चौथो विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए।

ओपनर शुबेन्दु पाण्डे १ रन, रोड्रीगो थोमस ५ रन तथा सन्दिप रजाली खाता नखोली आउट भएका थिए।

Abinash Bohara

बुटवलको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा २६ रन खर्चिए। यस्तै अर्का तिब्र गति बलर ललित सिंह भण्डारीले १९ रन खर्चेर ३ विकेट लिए। अघिल्लो खेल नखेलेका सोमपालले प्रतियोगितामा पहिलो पटक बलिंग गर्दै १ विकेट लिए।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]