नेदरल्यान्ड्समाथि नामिबियाको ऐतिहासिक जित

काठमाडौं । नामिबियाले नेदरल्यान्ड्समाथि ऐतिहासिक जित निकालेको छ । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई आफ्नो ओडिआई ईतिहासमा नै नामिबियाले पहिलो पटक पराजित गरेको हो ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले २४ रनको जित निकालेको हो । ओडिआई करियरको तेस्रो भेटमा नामिबियाले नेदरल्यान्ड्सलाई पहिलो पटक पराजित गरेको हो ।

नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ दशमलब ५ ओभरमा १ सय ७९ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि नोहा क्रोसले ५६ बलमा अविजित ४६ रनको ईनिङ खेले । उनले ३ चौका प्रहार गरेका थिए । ओपनर म्याक्स ओ डाउडले ६४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४१ रन बनाए । बास डि लिडेले ४४ बलमा २४ रन बनाए । शिराज अहमदले २९ बलमा १९ रन बनाए ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मस र जेन फ्रायलिंकले समान ३/३ तथा ब्रेनार्ड स्कोट्जे २ विकेट लिए । रुबेन ट्रम्पेलम्यान र जेन निकोलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ४२ औं ओभरको तेस्रो बलमा अल आउट हुदै २ सय ३ रन मात्र बनाएको थियो ।

नामिबियाका लागि जेन निकोलले ४३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४९ रन बनाए । अर्धशतक बनाउँन १ रनले चुकेका जेन रन आउट भएका थिए । यसै खेलमा डेब्यु गरेका मलान कुरुगरले ४८ बलमा ३५ रन बनाए ।

आर्यान दत्तको बलमा आउट हुनुपुर्व मलानले ५ चौका प्रहार गरेका थिए । जेन फ्रायलिंकले ५७ बलमा ३४ रन बनाए । छैटौं विकेटका लागि निकोल र फ्रायलिंकले ७८ रनको साझेदारी गरेका थिए ।

जान ग्रिनले २० बलमा २२ रन बनाए । नेदरल्यान्ड्सका लागि भिभियन किंग्मा ३ तथा आर्यान दत्त र रिलोफ भान डर मिरोले समान २/२ विकेट लिए । बास डि लिडे र शिराज अहमदले समान १/१ विकेट लिए ।

बिहिबारको वर्षाका कारण टस ढिला भएको थियो । खेल साढे १० मा सुरु भएको कारण खेल ४५ ओभरमा छोट्याएको थियो ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]