काठमाडौं । नेपाल र नेदरल्यान्ड्सले त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनलमा भिड्ने भएका छन् ।
वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सको खेल रद्द भएको छ ।
खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् । खेल रद्द भएसँगै नेदरल्यान्ड्ले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
नामिबियालाई फाइनलमा स्थान बनाउँन नेदरल्यान्ड्सविरुद्ध फराकिलो अन्तरले जित्नै पर्ने थियो । खेल रद्द भएसँगै नेदरल्यान्ड्स ५ अंकका साथ समूह विजेता बन्दै फाइनल स्थान बनाएको छ । नेपाल ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ९८ रन बनाउँदा भारी वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण खेल पुन सुचारु हुन नसक्दा खेल रद्द भएको हो ।