नेपालको कमजोर ब्याटिंग, ३०२ रनको ठुलो अग्रता पछि एमसीसी जिततर्फ अग्रसर

एमसीसी र नेपाल बीच जारि प्रथम श्रेणी मान्यता प्राप्त तिन दिवसीय क्रिकेट अन्तर्गत एमसीसी बलियो अवस्थामा पुगेको छ।

खेलको पहिलो दिन ३११/६ को अवस्थाबाट ब्याटिंग गरेको एमसीसीले दोश्रो दिन विहानी सत्रमा ३६४ रन बनाएर सबै विकेट गुमाएको थियो। त्यसपछि विहानी सत्रमानै ब्याटिंग सुरु गरेको नेपालले चिया सत्र पछि सम्पूर्ण विकेट गुमाएर १५३ रन बनाएको थियो।

पहिलो इनिंगमा २११ रनको विशाल अग्रता लिएको एमसीसीले दोश्रो दिन ब्याटिंग सुरु गर्दै २१ ओभरमा २ विकेट गुमाएर ९१ रन बनाईसकेको छ। दोश्रो इनिंगमा उसले कुल ३०२ रनको अग्रता लिईसकेको छ। स्कोरकार्ड 

दोश्रो दिन समाप्तिमा टम वेस्टले १७ तथा माइल्स ह्यामान्ड ३ रन बनाएर क्रिजमा अविजित रहेका छन्। नेपालको लागि २ विकेट पवन सर्राफ र ललित राजबंशीले लिए। ३० रन बनाएका एमसीसी ओपनर विल रोड्सलाई पवन सर्राफले तथा ३९ रन बनाएका बिल गडले म्यानलाई ललित राजबंशीलेएल एलबिडब्लु आउट गरे।

नेपालको कमजोर ब्याटिंग, सन्दिपद्वारा लगातार ३ छक्का प्रहार 

एमसीसीले विहानी सत्रमा ३६४ रनमा सबै विकेट गुमाएपछि ब्याटिंग गरेको नेपालले निकै कम्जोर ब्याटिंग गर्यो र ४५ ओभरमा १५३ रनमै सबै विकेट गुमाउन पुग्यो।

नेपालको लागि १० औं नम्बरमा ब्याटिंग गरेका सन्दिप लामिछानेले सर्वाधिक ३९ रन बनाए। उनले मात्र २१ बलमा ४ छक्का र २ चौका प्रहार गरे। यस क्रममा उनले एलेक्स थोम्पसनले गरेको ४४ औं ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। सोहि ओभरमा उनले १ चौका पनि प्रहार गरे। सबै छक्का उनले डिप-मिड विकेट माथि प्रहार गरे।

अत्यन्त नाजुक सुरुवात गर्ने क्रममा नेपालले पहिलो ५ विकेट ३४ रनको योगफलमै गुमाएको थियो। ज्ञानेन्द्र मल्ल खाता नखोली पहिलो ओभरमै आउट भए भने, राजु रिजाल ८ , शरद भेसावकर ४, आअरिफ़ शेख १० तथा दिपेन्द्र ऐरि १ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि बिनोद भण्डारी र सोमपाल कामिले ७१ रनको साझेदारी गर्दै नेपालको योगफल १०० पार गराएका थिए। ३६ औं ओभरमा बिनोद भण्डारी ३६ रन बनाएर आउट भएपछि नेपालले पुनः लगातार विकेट गुमाउन पुग्यो। पवन सर्राफ २ , करन केसी २, र सोमपाल कामि २६ रन बनाएर आउट भए।

१११/९ को अवस्थामा रहेको इनिंगलाई दशौँ विकेटको लागि सन्दिप लामिछाने र ललित राजबंशीले अविजित ४२ रनको साझेदारी गर्दै उकासे। यस क्रममा सन्दिपले ३९ रन बनाएता पनि ललित राजबंशी भने २२ बल खेलेर अन्तिम विकेटको रुपमा खाता नखोली आउट भए।

एमसीसीका बलर यासिर अराफात र एलेक्स थोम्पसनले समान ३/३ विकेट लिए। ओलिभर हानोनले २ , क्रिस राइट र विल रोड्सले १/१ विकेट लिए।

एमसीसीको पहिलो इनिंग 

एमसीसीले पहिलो इनिंगमा ३६४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

पहिलो दिन ६ विकेट गुमाएर ३११ रन बनाएको एमसीसीले दोश्रो दिन ४ विकेट गुमाउदा थप ५३ रन जोड्यो।

दोश्रो दिन बिहानी सत्रमा नेपालले ४ विकेट लिन १५.५ ओभर बलिङ्ग गर्यो। पहिलो दिन अविजित रहेका एलेक्स थोम्पसन ३० रन बनाएर करन केसीबाट एलबिडब्लु भए। एकै ओभरमा करनले एलेक्स स्पेनसरलाई खाता नखोल्दै पेभेलियन फर्काए।

८ विकेट गुमेपछि यासिर अराफातले आक्रामक सटहरु खेल्दै अर्धशतक पुरा गरे। सन्दिप लामिछानेले क्रिस राइट र करन केसीले ओलिभर हानोनको विकेट लिंदै एमसीसीको इनिंग अन्त्य गरे।

यासिर अराफात ६५ रन बनाएर अविजित रहे। पुर्व पाकिस्तान राष्ट्रिय क्रिकेटर अराफातले ९८ बलमा १० चौका प्रहार गरे।

नेपालको बलिङ्गमा करन केसी र सन्दिप लामिछानेले ३/३ विकेट लिए भने सोमपाल कामि र शरद भेसावकरले २/२ विकेट लिए।

यस अघि पहिलो दिन एमसीसीका विल रोड्सले ७३, माइल्स भान्डरस्परले ५३ र माइल्स ह्यामंडले ५२ रन बनाएका थिए।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]