नेपालद्वारा माल्दिभ्स ठुलो अन्तरले पराजित, फाइनल सम्भावना कायमै

१३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ८४ रनको ठुलो अन्तरले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

साग अन्तर्गत नेपालले आफ्नो खेलमा श्रीलंका यु-२३ संग ६ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भुटानलाई १४१ रनले पराजित गरेको थियो।

टियु मैदानमा सम्पन्न खेलमा  नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सकेको हो।

माल्दिभ्सको लागि मोहमद आजमले सर्वाधिक १७, मोहमद रिश्वानले १३, इब्राहिम हसनले १२ तथा अलि इभानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिंगमा देब्रे हाते स्पिनरद्वय सुशन भारि र ललित राजबंशीले समान २/२ विकेट लिए। पवन सर्राफले १ विकेट लिए।

करनको आक्रामक इनिंग 

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो।

टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले सुरुवात देखि लगातार विकेट गुमाएको थियो। पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७, रोहित पौडेलले १०, पवन सर्राफले ० , बिनोद भण्डारीले १९ रन बनाए। चौथो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले ३९ रन बनाए।

दिपेन्द्रको विकेट जाँदा १८.१ ओभरमा १३०/७ रहेको नेपालको योगफललाई करन केसीले विस्फोटक ब्याटिंग गर्दै १५० पार गराए। करनले मात्र १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे र अविजित ४० रन बनाए।

करनले इनिंगको अन्तिम ओभरमा इब्राहिम हसनलाई २ छक्का र २ चौका प्रहार गरे। उक्त ओभरमा नेपालले २४ रन पाएको थियो।

माल्दिभ्सको बलिंगमा लिम शफिकले सर्वाधिक ३ विकेट ( ४-०-३३-३ ) तथा अमिल मौरुफले २ विकेट लिए।

नेपालको चौथो खेल बंगलादेशसंग 

अब नेपालले आफ्नो चौथो खेल बंगलादेश यु-२३ टिमसंग खेल्नेछ। खेल नेपाली समय ९ बजे विहान टियु मैदानमा शनिवार खेलिनेछ। बंगलादेशले नेपालसंग खेलेपछि आइतबार श्रीलंकासंग लिग चरणको अन्तिम खेलमा खेल्नेछ। यदी नेपालले बंगलादेश यु-२३ लाई पराजित गर्न सकेमा नेपालको स्वर्ण पदकको लागि फाइनल खेल्ने सम्भावना रहन्छ।

बंगलादेशसंग पराजित भएको खण्डमा भने नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। श्रीलंकाले हालसम्म ३ वटै खेल जितेकोले फाइनल खेल्ने पक्का जस्तो रहेको छ।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]