नेपालले टस जित्यो, ललित टिममा फर्किए

काठमाडौं । नेपाली टोलीले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पोडेलले टस जितेर बलिङ रोजेको छ । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । मंगलबारको खेलमा प्लेईङ-११ मा रहेका अभिनास बोहोरा र विवेककुमार यादव बेन्चमा रहेका छन् । ललितनारायण राजवंशी र प्रतिश जिशीले टोलीमा मौका पाएका छन् ।

नेपालले जुनमा हुने टी-ट्वान्टी विश्वकपको तयारीको सुरुआतको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच टी-ट्वान्टी आई मा नेपालले तीन खेलमा जित हात पार्दा एकमा हार व्यहोरेको छ ।

नेपालको प्लेईङ-११:

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]