नेपालले टस जित्यो

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा घरेलु टोलीले नेदरल्यान्ड्सविरुद्धको खेलमा टस जितेको हो ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् ।

लिग चरणमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो । पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो पाँच मध्य तीन खेलमा नेपालले जित हासिल गरेको छ ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । लिग चरणको अन्तिम खेलमा शनिबार नेदरल्यन्ड्सविरुद्धकै टोली उतारेको छ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुलसन झा, कुशल मल्ल, आरिफ शेख, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy