नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

२०८१ बैशाख २२, शनिबार ११:५२

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । बिहीबारको खेलमा टिममा रहेका ललितनारायण राजवंशी र गुलसन झा बेन्चमा रहेका छन् ।

अनिल शाह र सागर ढकालले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy