नेपालले टस हार्यो

२०८० माघ १९, शुक्रबार १३:२४

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो दोस्रो सुपर सिक्स खेलमा नेपालले पहिले बलिङ गदैछ ।

भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दै छ । बंगलादेशसँगको पहिलो सुपर सिक्स खेलमा रहेका तीन खेलाडीलाई आज विश्राम दिइएको छ । दिपक बोहारा, विपिन रावल रआकाश त्रिपाटी बेन्चमा रहेका छन् । उत्तम थापा मगर, दिपक डुम्रे र दिपक बोहोराले टोलीमा स्थान बनाएका छन् ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy