नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, एक खेल अगावै सिरिज गुमायो

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका लगातार दोस्रो खेलमा पनि पराजित भएको छ ।

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको दोस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका १६ रनले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले एक खेल अगावै सिरिज जितेको छ ।

वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विटन डि ककले १७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४१ रन तथा अर्का ओपनर रिजा हेनरिक १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३४ रन बनाए । कप्तान रासि भान डर डुसनले २२ बलमा ३० तथा रायन रिकिन्टोनले १७ बलमा १९ रन बनाए ।

वेस्ट इन्डिजका लागि गुणकेश मोटीले ३ तथा रोस्टन चेज, रोमारियो शेर्फड र अकिल होसेनले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ६७ रन बनाए । कप्तान ब्रान्डन किंगले २२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । कायल मेयर्सले १६ बलमा ३२ तथा आन्द्रे फ्लेचरले १८ बलमा २९ रन बनाए ।

पहिलो खेल दक्षिण अफ्रिकाले २७ रनले गुमाएको थियो । पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।





थप समाचार

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]