नेपालसँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा, सिरिज मार्च २४ बाट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ ।

आइतबार क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा नेपालसँग खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । नेपालसँग खेल्न घोषीत टोलीमा सिनियर टोलीबाट खेलिसकेका खेलाडी समावेश छन् ।

आयरल्यान्ड वल्भ्सले नेपालको सिनियर टोलीसँग २ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । सिनियर टोलीसँग खेलेपछि वल्भ्सले नेपाल ‘ए’ सँग ३/३ खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने छ । आइतबार नै नेपाल क्रिकेट संघ(क्यान)ले सिरिजको खेलतालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार सिनियर टोलीले मार्च २४ र २५ मा दुई खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि २८, २९ र ३१ मार्चमा नेपाल ए सँग टी-ट्वान्टी सिरिज खेल्नेछ ।

वल्भ्सले नेपाल ए सँग नै अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिज खेल्नेछ ।

आयरल्यान्ड वल्भ्सको टोली

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन ह्वाइट

प्रशिक्षक रायन इगल्सन, सहायक प्रशिक्षक पिट जोन्सन, क्रिस ब्राउन

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]