नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौं । क्यानडा-११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए लाई ४ विकेटले पराजित गर्दै क्यानडा-११ ले सिरिज जितेको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडा-११ ले ३८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

क्यानडाका लागि निकोलस किर्टनले ७८ बलमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । उनले ६ चौका प्रहार गरेका थिए । ओपनर आरोन जोनसनले ३१ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४२ रन बनाए । नवनित धालीवालले ४५ बलमा ३८ रन बनाए

नेपालका लागि शाहव आलमले ४ तथा बसिर अहमद र शेर मल्लले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४७ ओभरको अन्तिम बलमा १ सय ८१ रन बनाउँदै अल आउट भएको थियो ।

नेपालका लागि ओपनर आशुतोष घिरैयाले ४८ बलमा २८ रन बनाए । ५ चौका प्रहार गरेका आशुतोष क्यानडाका कप्तान साद वीन जाफरको बलमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए । अर्जुन २१ औं ओभरको दोस्रो बलमा डिलोन हेलिङ्गरको बलमा आउट भए ।

बसिर अहमद ४० बलमा २५ रन बनाउँदै रन आउट भए । कप्तान सन्दीप जोराले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । हेलिङ्गरको बलमा २३ औं ओभरको दोस्रो बलमा आउट भए ।

राशिद खानले २५ बलमा १९ रन बनाए । प्रतिश जिशीले २० बलमा १९ रन बनाए । क्यानडाका लागि हर्ष थाकर, डेलिन हेलिङ्गर र निकोलस किर्टनले समान २/२ तथा कप्तान साद वीन जाफर र कलिम सानले समान १/१ विकेट लिए ।

पहिलो खेलमा क्यानडा-११ विजयी हुँदा दोस्रो खेल नेपाल ए ले जितेको थियो ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]