नेपाल ओमानसँग ८ विकेटले पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । ८ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।

ओमानका लागि अकिबले शतकीय पारी खेल्दै १ सय ९ रन बनाए भने कप्तान जिसान मक्सुदले ६८ रनको योगदान दिए । अकिबले १ सय ८ बल खेल्दै १२ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, खावर अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए । नेपालका लागि सन्दीप भारी र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५६, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२ रन बनाए ।

ओमानका लागि अकिव इलयासले चार विकेट र मोहम्मद नदीमले तीन विकेट लिए ।

जारी प्रतियोगिताको पहिलो खेलमा ओमानसँगै नेपाल १८ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]