नेपाल यु-१९ टिमले भारतको घरेलु क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका

नेपाल यु-१९ क्रिकेट टिमले भारतको घरेलु क्रिकेट प्रतियोगिता ‘मेन्स अन्डर १९ वानडे च्यलेञ्जर्स ट्रफी’ को २०१९/२० संस्करण खेल्ने भएको छ । प्रतियोगिता नोभेम्बर ११ देखि सुरु हुनेछ ।

भारतको नियमित तालिका अनुसार रहेको घरेलु क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन थालेको पहिलोपल्ट हो । यसअघि नेपालको टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्ने रोडम्याप बनाउन चारदिवसिय तथा पांच दिवसिय क्रिकेटका लागि बिसिसिआईसंग समन्वय गर्ने कुरा गरेता पनि सफलता हात लागेको थिएन। यसअघि बिसिसीआईले गत वर्ष नेपाल, अफगानिस्तान र भारतका ‘ए’ र ‘बि’ गरि दुई टिम समेत सम्मिलित यु१९ चौकोणात्मक सिरिज आयोजना गरेको थियो।

‘मेन्स अन्डर १९ वानडे च्यलेञ्जर्स ट्रफी प्रतियोगिताको अघिल्लो संस्करणमा भारत निलो, रातो, हरियो र पहेंलो गरेर चार टिम रहेका थिए । उक्त संस्करणको उपाधी भारत हरियोले जितेको थियो । यसपाली भने भारत हरियोको स्थानमा नेपाल यु-१९ ले सहभागीता जनाउन लागेको हो ।

सिंगल राउण्ड रोबिन फर्म्याटको आधारमा हुने प्रतियोगिताका हरेक खेलले ‘लिस्ट ए’ मान्यता पाउने छन् । प्रतियोगिता नोभेम्बर १७ सम्म हुनेछ तर नेपाली टिम कहिले त्यहाँ पुग्ने भन्नेबारे अझै आधिकारिक जानकारी आएको छैन । यद्धपि पोखरा प्रिमियर लिगले आफ्नो पुर्व घोषित तालिका एक महिना पछाडी सार्दा यु१९ टिम भारत जाने बताएको छ ।

खेलतालिका:

  





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]