नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल आज हुदैछ ।

नेपाल र वेस्ट इन्डिज बीचको दोस्रो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह सवा १२ मा सुरु हुदैछ । पहिलो टी-२० मा ४ विकेटको जित निकालेको नेपाल यो खेल जितेर सिरिजमा २-० को अग्रता लिन चाहन्छ । उता, वेस्ट इन्डिज पनि यस खेल जित्दै सिरिजमा १-१ को बराबरी गर्न चाहन्छ ।

वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा छ । नेपालले जिम्बावेमा गत वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग एकदिवसीय विश्वकप छनोट खेले तापनि टी-२० मा वेस्ट इन्डिजको कुनै पनि टोलीसँग पहिलो पटक खेल्दैछ ।

वेस्ट इन्डिजको ए टोलीमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी रहेका कारण टोली बलियो रहेको छ ।

सिरिजको तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ ।

वेस्ट इन्डिजको कुनै पनि टोलीसँग नेपालले पहिलो पटक सिरिज खेल्दै छ । नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, आकाश चन्द, आरिफ शेख, लोकेश बम, विनोद भन्डारी, सागर ढकाल र कमलसिंह ऐरी ।

वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]