नेरीले ह्याट्रिक लिंदा सनसनीपूर्ण खेलमा लुम्बिनी प्रदेश विजयी

२०७८ फाल्गुन ११, बुधबार २०:२५

नेरी थापाले ह्याट्रिक सहित ४ विकेट लिंदा सनसनीपूर्ण खेलमा ललितपुर मेयर-११ लाई २ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले ललितपुर मेयर च्याम्पियनसिप टि-२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको मेयर-११ ले १८ ओभर समाप्तिले ४ विकेट क्षेतीमा ८० रन बनाएको थियो। दुई ओभरमा जित्न १५ रन आवस्यक हुँदा उन्नाईसौं ओभर बलिंग गरेकी सुश्मिता भुसालले ८ रन खर्चेर दुई विकेट हात पारिन्। अन्तिम ओभरमा जित्न ७ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्ने क्रममा देब्रे हाते स्पिनर नेरी थापाले पहिलो बलमा १ रन दिईन्। तर त्यसपछिको तिन बलमा तिन वटै विकेट लिंदै नेरीले ह्याट्रिक पुरा गरिन्। त्यसपछि अन्तिम २ बलमा जित्न ६ रन आवस्यक हुँदा मेयर-११ कि अन्जली विश्वकर्माले पाँचौ बलमा १ रन लिईन् भने अन्तिम बलमा अश्मिना कर्माचार्यले २ रन मात्र लिन सकिन्।

ह्याट्रिक पुरा गर्ने क्रममा राष्ट्रिय क्रिकेट टिमकि पूर्वकप्तान समेत रहेकी नेरीले खुसि डंगोललाई एलबिडब्लु, शिला क्षेत्री र अलिशा यादवलाई बोल्ड गरेकी थिईन्। प्लेयर अफ द म्याच नेरीले ४ ओभर बलिंग गर्दा १ मेडन ओभर गर्दै मात्र ८ रन खर्चेर ४ विकेट हात पारिन्। यस्तै देब्रे हाते स्पिनर कृतिका मरासिनीले ३ विकेट ( ४-०-२०-३ ) तथा सुश्मिता भुसालले २ विकेट ( ४-०-१७-२ ) हात पारिन्।

मेयर-११ को ब्याटिंगमा कन्चन श्रेष्ठले २२, अश्मिना कर्माचार्यले अविजित २०, साना प्रविनले १२ तथा सुमन खतिवडाले ११ रन योगदान दिए।

टस जितेर ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ४ विकेट क्षेतीमा ९४ रन बनाएको थियो। उसको लागि सरस्वति जीएमले सर्वाधिक ३१, सरस्वति पुनले २० तथा नेरी थापाले १५ रन योगदान दिएका थिए। मेयर-११ को बलिंगमा सुमन खतिवडाले ३ ( ४-०-१५-३ ) तथा शिला क्षेत्रीले १ विकेट ( ४-१-१८-१ ) हात पारिन्।

दिनको पहिलो खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) ले दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। पहलो खेलमा एपीएफले प्रदेश-१ लाई पनि ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा ललितपुर मेयर-११ लाई ५८ रनले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले ४ विकेट क्षेतीमा १६.५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा एपीएफले ४७ रन बनाउदा ४ विकेट गुमाउन पुगेको थियो। ओपनर ज्योति पाण्डे ११, सिता राना मगर ४, इन्दु बर्मा १० र सरिता मगर ९ रन बनाएर आउट भए। पाँचौ विकेटको लागि रोमा थापाले अविजित ४३ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। रोमा थापाले अविजित २३ तथा ममता चौधरीले अविजित १४ रन योगदान दिईन्। सुदूरपश्चिमको बलिंगमा इश्वरी बिस्टले २ तथा ऋतु कनौजियाले १ विकेट हात पारिन्।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। उसको लागि कविता कुँवरले सर्वाधिक १८, बिन्दु रावल र डली भट्टले समान ११ रन योगदान दिए। एपीएफको बलिंगमा देब्रे हाते पेसर सोनु खड्काले ३ ( ४-०-१४-३ ), करुना भण्डारी ( ४-१-१४-२ ) र सिता राना मगरले २ ( ४-०-२१-२ ) तथा राजमती ऐरीले १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेलमा लुम्बिनी प्रदेश र ललितपुर मेयर-११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ, लुम्बिनी प्रदेश, प्रदेश-१ र ललितपुर मेयर्स-११ गरि पाँच टोलि सहभागी छन्। सहभागी सबै टिमले एक-अर्का संग १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy