पहिलो एकदिवसीयमा नेपालद्वारा मलेसिया सहजै पराजित

नेपाल भ्रमणमा रहेको मलेसियन राष्ट्रिय क्रिकेट टिमलाई नेपाली राष्ट्रिय टिमले पहिलो एकदिवसीयमा १ सय ३५ रनले सहजै पराजित गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३७.२ ओभरमा १ सय ४२ रन मात्र बनाउन सकेको हो। स्कोरकार्ड हेर्नु क्लिक गर्नुस 

कमजोर ब्याटिंग गरेको मलेसियाको लागि सयद अजिज र ऐनुल हकिमले समान २८ रन बनाए। भिरनदिप सिंहले २४ , मोहम्मद अरिफले १६ तथा शर्भिन मुनिएन्डीले ११ रन बनाउनु बाहक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिंगमा तिब्र गति बलर करन केसी र कमल सिंह ऐरीले समान ३ विकेट लिए। करनले ८ ओभरमा २ मेडन ओभर गर्दै २७ रन खर्चिए भने कमलले ६ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए ।देब्रे हाते स्पिनर कुशल मल्लले २ विकेट तथा अविनाश बोहरा र पारस खड्काले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

नेपालको लागि आरिफ शेखले शतकीय इनिंग खेल्ने क्रममा १०५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे .सन्दिप जोराले ७० बलमा ७ चौका र १ छक्का मदतले ५८ रन बनाए । करन केसीले २५, ज्ञानेन्द्र मल्लले १९, पारस खड्काले १५, कुशल मल्लले १४ तथा सुबास खकुरेलले १२ रन बनाए । सुमित महर्जन ७ तथा कुशल भुर्तेल २ रन बनाएर आउट भए ।

Aarif Sheikh

५८ रनमा पहिलो ३ विकेट गुमाएपछि आरिफ र सन्दिपले चौथो विकेटको लागी १५२ रनको साझेदारी गरेका थिए।

मलेसियाको लागि पभनदिप सिंह र मोहम्मद अरिफले समान ३ विकेट लिए भने नजरिल रहमानले २ तथा अनवर रहमानले १ विकेट लिए ।

मलेसिया र नेपाल बीच मंगलबार दोश्रो एकदिवसीय तथा बिहिबार तेश्रो एकदिवसीय खेलिनेछ ।

(फोटोहरु – सुदर्शन रंजित )





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]