पिपिएलमा आज : उपाधि दाबेदार पारसको चितवन बिरुद्ध सोमपालको ब्लास्टर्स खेल्दै

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत पाँचौ दिन विहीबारको एक मात्र खेल पारस खड्का कप्तानीको चितवन राइनोज र सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्दैछन्। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल ११:३० बजे सुरु हुनेछ।

प्रतियोगितामा यस अघि चितवन र बुटवलले एक एक खेल मात्र खेलेका छन् जसमा दुवै टिमले जित निकालेको थियो। यस क्रममा बुटवलले काठमाडौँ गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको थियो। यस्तै चितवनले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो।

आजको खेलमा जित हाँसिल गर्दै चितवन र बुटवल दुवै अंकतालिकाको शिर्ष स्थानमा उक्लदै प्ले-अफको लागि बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।

कस्तो छ बुटवल ब्लास्टर्स

पहिलो खेलमा सुपर ओभरमा काठमाडौँलाई पराजित गर्दै जित निकालेको बुटवलको बास्तविक परिक्षा उपाधि दाबेदार टिम चितवन राइनोजसंग हुनेछ।

ठुला नामहरु धेरै नभएता पनि सोमपाल को टिम सन्तुलित रहेको छ। पहिलो खेलमा नायक बनेका अविनाश बोहरा टिमको प्रमुख खेलाडी हुन् जसले काठमाडौँ बिरुद्ध सुपर ओभरमा मात्र २ रन खर्चेर सनसनीपूर्ण प्रदर्शन गरेका थिए। यस्तै विदेशी खेलाडी भारतीय हर्ष टोन्कले पहिलो खेलमा ४५ रन बनाउदै लय देखाउनु सकारात्मक पक्ष हो।

भिम शार्की, सोमपाल कामि, हरि बहादुर चौहान र पहिलो खेलमा राम्रो प्रदर्शन गरेका शिभम सिंह रहेको मध्यक्रम बलियो देखिन्छ। अफ्ताबुद्दीन एहमद र शंकर रानाको ओपनिंग जोडीबाट टिमले अझ बढी आशा गर्नेछ।

सोमपाल कामिले बलिंग गर्न नसकेता पनि टिममा ललित भण्डारी, हरि बहादुर चौहान र अविनाश बोहरा तिब्र गति बलिंग गर्न सक्षम छन्। यस्तै युवा देब्रे हाते स्पिनर नितेश थापाले पहिलो खेलमै देखाएको लयले राम्रो संकेत गरेको छ। हर्ष टोन्क, बिपिन खत्री समेत रहंदा बलिंग अप्सनको कमि टिममा छैन।

बुटवल ब्लास्टर्स टिम – सोमपाल कामी (कप्तान), मोहम्मद संसाद शेख, सिद्धान्त लोहनी, हरि बहादुर चौहान, ललित भण्डारी, शंकर राना, पुरन बिक, हसिम अन्सारी, भिम सार्की, अभिनास बोहोरा, नितेश थापा, बिपिन खत्री, शेर मल्ल र कमल खत्री, विदेशी खेलाडी – अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्क

कस्तो छ चितवन राइनोज 

स्टार खेलाडीहरुको लर्को रहेको पारस कप्तानीको चितवन यो पटक उपाधि वाहेक कम जित्ने सोचेको छैन। डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई पहिलो खेलमा पराजित गरेपछि टिम शतप्रतिशत जित निकाल्दै लिग जित्ने दौडमा छ।

पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेका संन्नी पटेल, रोहन मुस्तफा र बाबर हायात जस्ता विदेशी खेलाडी रहेको टिममा पारस खड्का, आरिफ शेख, करन केसी जस्ता नामहरु पनि रहेका छन्। यति धेरै म्याच जिताउन सक्ने खेलाडीहरु रहेको टिम पिपिएलमा अरु छैन।

सन्नी पटेल ब्याट र बल दुवैबाट खेल जिताउन सक्छन्

पहिलो खेलमा शानदार लय देखाएका बाबर हायातले अन्य खेलाडी संघर्ष गरिरहेको पिचमा ४२ बलमा ६६ रन बनाउदै आफुलाई अब्बल साबित गरिसकेका छन्। सन्नी पटेलले अविजित २२ रन तथा महत्वपूर्ण २ विकेट लिंदै आफुलाई उत्कृस्ट अलराउण्डरको रुपमा प्रस्तुत गरेका छन्।

चितवनको मजबुत पक्ष ब्याटिंग हो किनकि उसको ९ नम्बरसम्म ब्याटिंग गर्न सक्षम खेलाडीहरु रहेका छन्। रोहन मुस्तफा, अनिल साह, बाबर हायात, पारस खड्का, आरिफ शेख, सन्नी पटेल, सुमित महर्जन, करन केसी , भुवन कार्की सम्म ब्याट्सम्यान छन्। बिक्रम भुसाल र बिक्रम सोब दुवै ब्याटिंग राम्रो गर्न सक्छन्।

बलिंग अप्सनको पनि चितवनलाई कमि छैन। सन्नी पटेल, रोहन मुस्तफा, करन केसी, बिक्रम सोब, पारस खड्का, भुवन कार्की, बिक्रम भुसाल जस्ता खेलाडीहरु बलिंग अप्सनमा रहंदा ब्याटिंग जस्तै बलिंगमा पनि चितवन बलियो छ।

टिम चितवन राइनोज : पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करन केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुसाल, विदेशी खेलाडी – सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]