पिपिएलमा आज : जित्ने पर्ने खेलमा काठमाडौँ र बिराटनगर बीच प्रतिस्पर्धा

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत शनिवार एक मात्र खेल हुँदैछ जसमा काठमाडौँ गोल्डेन वारियर्स र बिराटनगर टाईटन्सले प्रतिस्पर्धा गर्दैछन्। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल ११:३० बजे देखि सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत काठमाडौँ अंकतालिकामा ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित तेश्रो स्थानमा रहेको छ। यस्तै बिराटनगर २ खेलमा १ जित र १ हार पछि २ अंक सहित चौथो स्थानमा रहेको छ। आज जित्ने टिम अंकतालिकाको दोश्रो स्थानमा पुग्नेछ।

बिराटनगर टाईटन्स 

पछिल्लो २ खेलको नतिजा : प्रतियोगिता अन्तर्गत बिराटनगरले पहिलो खेलमा धनगढी ब्लुजसंग ५ रनको हार बेहोरेको थियो। धनगढीले दिएको ११८ रनको लक्ष्य पछ्याउदा बिराटनगरले ११२ रन मात्र बनाउन सकेको थियो। दोश्रो खेलमा भने शानदार पुनरागमन गर्ने क्रममा उसले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई ४५ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै बिराटनगरले १४५ रन बनायो र पोखरालाई १०० रनमै समेट्यो।

लयमा रहेका खेलाडी : बिराटनगरमा रहेका भारतीय खेलाडी पुनित मेहरा राम्रो लयमा रहेका छन्। उनले पोखरा बिरुद्ध जितमा अविजित ६१ रन बनाउन मात्र २६ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै बलिंगमा समेत १ विकेट लिन उनले ४ ओभरमा मात्र १७ रन खर्चेका थिए।

पुनित मेहरा पछिल्लो खेलमा उत्कृस्ट लयमा थिए

टिम – प्रदिप ऐरी ( कप्तान ), दिपेश श्रेष्ठ , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , पुष्प थापा , प्रदिप ऐरि , राजु रिजाल , सुनिल धमला , दिलिप नाथ, लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नोमन खान

सम्भावित अन्तिम ११ : प्रदिप ऐरी ( कप्तान ) , शाहब आलम , जितेन्द्र मुखिया , राजेश पुलामी , किशोर महतो , राजु रिजाल , सुनिल धमला , लोकेश बम, विदेशी खेलाडीहरु – पुनित मेहरा, मोहम्मद जायद आलम, नोमन खान

काठमाडौँ गोल्डेन वारियर्स 

पछिल्लो ३ खेलको नतिजा : पहिलो खेलमा पोखरा पल्टनसंग पराजित हुने क्रममा काठमाडौँले  दिएको ११६ रनको लक्ष्य पोखराले मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। दोश्रो खेलमा कथ्मन्दुले दिएको १४१ रनले बुटवल ब्लास्टर्सले ७ विकेट गुमाएर पुरा गर्दा काठमाडौँले लगातार २ खेल हारेको थियो। तेश्रो खेलमा भने कम्ब्याक गर्ने क्रममा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनले पराजित गरेको थियो। काठमाडौँले १८५ रन बनाएको थियो र धनगढीलाई ७९ रनमै समेट्न सकेको थियो।

लयमा रहेका खेलाडी : काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले धनगढी ब्लुज बिरुद्ध ३७ बलमै शतक प्रहार गर्दै पिपिएलमै पहिलो शतक बनाउने रेकर्ड राखेका थिए। उक्त इनिंगमा उनले ८ चौका र ९ छक्का प्रहार गर्दै एक्लो दममा खेल जिताएका थिए। मल्ल बाहेक

ज्ञानेन्द्र मल्लले धनगढी बिरुद्ध ३७ बलमा शतक बनाएका थिए

टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, पृथु बास्कोटा, सुशन भारि, नन्दन यादब, सुर्य तामांग, जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी

सम्भावित अन्तिम ११ : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , अमित श्रेष्ठ, पवन सर्राफ, अमर सिंह रौटेला, बसन्त रेग्मी, आदील खान, सुशन भारि, अमृत भट्टराई, जयकिशन कोल्सावाला, गौरभ तोमर र सुबोध भाटी





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]