पिपिएल टि-२० : कुशल भुर्तेलले आक्रामक इनिंग खेल्दा पोखराको सहज जित

पोखरामा आइतबार देखि सुरु भएको पोखरा प्रिमियर लिग पिपिएल टि-२० अन्तर्गत पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टनले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले सहजै पराजित गरेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य पोखराले मात्र १ विकेट गुमाएर १४.१ ओभरमै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर आसिफ शेख १४ रन बनाएर आउट हुनु अघि कुशल भुर्तेलसंग ३१ रनको साझेदारी गरे। त्यसपछि कुशल र भारतीय ब्याट्सम्यान रभी इन्दर सिंहले दोश्रो विकेटको लागि अविजित ८८ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

Kushal Bhurtel

प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा कुशल भुर्तेलले अविजित ६५ रन बनाए। त्यस क्रममा उनले ४३ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै रभी इन्दरले अविजित ३८ रन बनाउन ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

काठमाडौँको लागि १ मात्र विकेट सुशन भारिले लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै ज्ञानेन्द्र मल्ल कप्तानीकोले २० ओभरमा ८ विकेट गुमाएर काठमाडौँले ११५ रन मात्र बनाउन सकेको थियो।

सुबोध भाटीले आक्रामक ब्याटिंग गरे

अत्यन्त खराब सुरुवात गरेको काठमाडौँले सुरुवाती ६ विकेट ६० रन बनाउदा गुमाउन पुग्यो। ओपनर जयकिशन कोल्सावाला ९, सुबास खकुरेल ६, ज्ञानेन्द्र मल्ल १, गौरभ तोमर १३, पवन सर्राफ ६ तथा पृथु बास्कोटा ७ रन बनाएर आउट भए।

सातौँ विकेटको लागि भारतीय खेलाडी सुबोध भाटी र बसन्त रेग्मीले ३८ रनको साझेदारी गर्दै टिमलाई नाजुक अवस्थाबाट पार लगाए।

आक्रामक ब्याटिंग गरेका भाटी ४५ रन बनाएर १७ औं ओभरमा आउट भए जसपछि पुनः काठमाडौँको विकेट पतन सुरु भएको थियो। भाटीले मात्र २९ बलमा ४ छक्का र ४ वटै चौका प्रहार गरे। उनलाई भारतीय बलर सर्बजित लड्डाले क्याच आउट गरे। बसन्त रेग्मीले ८ रन बनाए भने सुशन भारि १० रन बनाएर अविजित रहे।

Lalit Rajbanshi ( Photo – Pokhara Paltan Facebook )

पोखरा पल्टनको बलिंगमा राशिद खान ललित राजबंशी र कुशल मल्लले समान दुइ विकेट लिए। यस्तै प्रथमेश डाके र सर्वजित लड्डाले १/१ विकेट लिए।

( फिचर फोटो – पोखरा पल्टन फेसबुक )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy