पिपिएल : प्रतिस्पर्धात्मक खेलमा धनगढीद्वारा बिराटनगर ५ रनले पराजित

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएल लिग पीपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुज ले विजयी सुरुवात गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा भएको सोमबारको पहिलो खेलमा धनगढिले बिराटनगर टाईटन्सलाई ५ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

खेलमा धनगढी ब्लुजले दिएको ११८ रनको लक्ष्य पछ्याएको बिराटनगरले ९ विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो। बिराटनगरको सुरुवाती क्रम चुक्दा बिराटनगर खेलमा फर्कन सकेन। बिराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाएका थिए । सुनिल धमलाले १८ रन बनाउनु बाहेक अरुको प्रदर्सन राम्रो रहेन।

ओपनिङ्गमा आएका मुहम्मद जेद आलम र दिलिप नाथ अंक नखोली आउट भए। आलम कमल सिङ् ऐरीको बलमा आउट भएका थिए भने दिलिप नाथलाई धनगढीका कप्तान दीपेन्द्रले उत्कृष्ट रन आउट गराएका थिए।

बिराटनगरका कप्तान प्रदिप ऐरीलाई धनगढ़िका सागर ढकालले पभेलिएनको दिशा देखाए। २९ बलमा १० रन बनाएका ऐरॆलाई ढकालले अमित यादवको हात बाट क्याच आउट गराएका थिए। यस्तै २१ बलमा १८ रन बनाएर खेलिरहेका सुनिल धमला अनिल खरेलको बलमा क्याच आउट भए। यस्तै २५ रन बनाएका राजु रिजाललाई अमित यादवले कमल सिंह ऐरीको हात बाट क्याच आउट गराए । साथै पुनित मेहेरा १५ रन बनाएर आउट भए । किशोर महतो ८ रन बनाएर दिपेन्द्रको बलमा बोल्ड हुन पुगे ।

धनगढ़िका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट हात पारे। अन्तिम ओभरमा बिराटनगरलाई जितको लागि १५ रन आवस्यक हुँदा बलिंग गर्न आएका ऐरीले ओभरमा २ विकेट लिए। ऐरीले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिए। यस्तै सागर ढकालले २ विकेट हात पारे । कमल सिङ् ऐरी, अनिल खरेल र अमित यादवले समान १-१ विकेट लिए।

यसघि पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा ११७ रन बनाएकोे थियो । ओपनर सन्दीप सुनार ३ रन बनाएर खेलिरहँदा किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए। यस्तै ओपनिङमा आएका रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। उनलाई नोमान खानले मुहम्मद आलमको हात बाट क्याच आउट गराएका थिए।

कप्तान दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भएका थिए। उनलाई साहब आलमले आउट गराएका थिए। यस्तै अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। उनलाई पुनित मेहेराले आउट गराए।

सन्दीप जोरा १४ बलमा ७ रन बनाउदै आउट हुन् पुगे। उनि साहब आलमको शिकार बने। १५ बलमा ११ रन बनाएर खेलिरहेका मन्जित श्रेष्ठ मुहम्मद जेड आलमको शिकार बन्न पुगे। १८ बलमा १२ रन बनाएर क्रीजमा जमेर खेलिरहेका सौरभ खनाल नोमान यादवले आउट गराए ।

धनगढिका लागि कमल ऐरिले सर्वाधिक २६ बनाए भने सागर ढकालले १ रन बनाए। ऐरीले नवौं नम्बरमा ब्यतिग गर्दै २१ बलमा २ चौका र २ छक्का प्रहार गरे।

बिराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। यस्तै नोमान खानले २५ रन खर्चेर २ विकेट लिए । किशोर महतो,मुहम्मद जेद आलम र पुनित मेहेराले समान १-१ विकेट लिन सफल भए ।

लिग अन्तर्गत आज दोश्रो खेलमा काठमाडौँ गोल्डेन र बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्नेछन्। 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]