पिसीबिको कोरोना टेस्टलाई हजिफको चुनौती, सार्वजनिक गरे नेगेटिभ देखिएको अर्को रिपोर्ट

इंग्ल्याण्ड भ्रमणमा जाने १० पाकिस्तानी खेलाडीमा कोरोना संक्रमण पुस्टि भएको भोलिपल्ट भ्रमणको हिस्सा रहेका ब्याट्सम्यान मोहम्मद हफिजले पाकिस्तान बोर्डको कोरोना रिपोर्टलाई चुनौती दिएका छन्।

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा हफिजको कोरोना रिपोर्ट पोजेटिभ पाइएको थियो। तर हफिजले बुधबार दिउसो ट्वीट गर्दै आफ्नो कोरोना रिपोर्ट नेगेटिभ भएको दावी गरेका छन्।

हफिजले ट्वीटरमा आफ्नो रिपोर्टनै सार्वजनिक गर्दै लेखेका छन् – “पाकिस्तान क्रिकेट बोर्डले हिजो सार्वजनिक गरेको कोरोना रिपोर्ट पछि मैले पुनः व्यक्तिगत रुपमा मेरो सम्पूर्ण परिवारसंगै कोरोना टेस्ट गराए। म र मेरो परिवार सबैको रिपोर्ट नेगेटिभ आएको छ। अल्लाहले सबैलाई सुरक्षित राखुन्।” हफिजले ट्वीट गरेका छन्।

ट्वीटसंगै हजिफले डक्टरको रिपोर्ट पनि राखेका छन् जसमा रिपोर्ट नेगेटिभ देखिएको छ।

पाकिस्तान बोर्डले मंगलबार सार्वजनिक गरेको खेलाडीहरुको रिपोर्टमा हजिफ संगै अन्य ६ खेलाडीहरु फखर जमान, इमरान खान, खासिफ भट्टी , मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाव रियाजमा कोरोना पोजेटिभ देखिएको थियो। सोमबार अन्य तिन खेलाडीहरु शदाब खान, हरिस रौफ र हैदर अलिमा संक्रमण देखिएको थियो।

पाकिस्तान क्रिकेट टिम इंग्ल्यान्डमा तिन टेस्ट र तिन वटै टि-२० सिरिज खेन २८ जुनमा इंग्ल्यान्डतर्फ प्रस्थान गर्ने तालिका रहेको छ। पाकिस्तान बोर्डले तालिका अनुसारनै टिम इंग्ल्यान्ड प्रस्थान गर्ने बताईसकेको छ।

हफिजको ट्वीटपछि पाकिस्तान क्रिकेट बोर्डले आफ्नो धारणा सार्वजनिक गरेको छैन।

तालिका अनुसार बुधबारनै कोरोना नेगेटिभ आएका खेलाडीहरु एकसाथ भेट्ने कार्यक्रम रहेको थियो। अब पुनः हजिज सहित अन्य खेलाडीहरुको अर्को कोरोना टेस्ट हुनेछ।

इंग्ल्यान्ड पुगेको २४ घण्टा भित्र पुनः सबैको कोरोना टेस्ट हुनेछ। संक्रमित खेलाडीहरुले अब भ्रमणको लागि तयार रहनको लागि २ वटा टेस्ट पास गर्नुपर्नेछ।

“जसलाई कोरोना पोजेटिभ देखिएको छ उनीहरुलाई हामी निरन्तर निगरानी र साथ दिने छौँ। उनीहरुको पुनः परिक्षण गर्नेछौ र नेगेटिभ देखिएमा इंग्ल्यान्ड जान अनुमति दिनेछौँ” खानले मंगलबार बताएका थिए।

पाकिस्तानमा यो समाचार तयार पार्दासम्म १ लाख ८८ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुस्टि भैसकेको छ जसमध्ये ३ हजार ७ सय ५५ को मृत्यु भएको छ। ७७ हजार ७ सय ५४ जना निको भैसकेका छन्।

इंग्ल्याण्डले पाकिस्तानसंग सिरिज खेल्नु अघि वेस्टइन्डिजसंग ८ जुलाई देखि तिन वटा टेस्ट खेल्नेछ। वेस्ट इन्डिज टिम इंग्ल्यान्ड पुगेर पनि १४ दिन क्वारेन्टाइन बसीसकेको छ।

इंग्ल्यान्डमा पाकिस्तानी टिम पुगीसकेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नेछन्। त्यहाँ पुगीसकेपछि पनि खेलाडीहरुले अन्य कोहिसंग पनि सम्पर्क गर्नेछैनन्।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]