पीएनजीलाई हराउँदै युगान्डाको विश्वकपमा पहिलो जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा पपुवा न्यु गिनी (पीएनजी) लाई हराउँदै युगान्डाको विश्वकपमा पहिलो जित हात पारेको छ ।

वेस्ट इन्डिजको गुयनामा सम्पन्न खेलमा युगान्डाले पीएनजीलाई ३ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पार्यो ।

पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

युगान्डाका लागि रिजात अलिले ५६ बलमा ३३ तथा जुमा मुयोगिले १६ बलमा १३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १९ दशमलब १ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनायो ।

पीएनजीका लागि हिरी हिरीले १५ तथा लिगा सियाका र किप्लिगं डोरिगाले समान १२/१२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगान्डाका लागि अल्पेस रामजानी, कसमस किवाता, जुमा मुयोगि र फ्रायान्क नुसुम्गाले समान दुई दुई विकेट लिए ।

विश्वकपमा पहिलो जित निकालेको युगान्डा समूह सी को तेस्रो स्थानमा उक्लिएको छ । पहिलो पटक विश्वकपमा सहभागी युगान्डाले दोस्रो विश्वकप खेलमा नै जित हात पारेको हो । युगान्डा पहिलो खेलमा अफगानिस्तानसँग फराकिलो अन्तर पराजित भएको थियो ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]