पीपीएल सिजन-२ को खेल तालिका सार्वजनिक, पहिलो खेलमा शरद र ज्ञानेन्द्रको टिम आमने-सामने

पोखरा प्रिमियर लिग – पीपीएलको दोश्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट्सले आयोजना गर्ने लिगको वुधबार प्रेस बिज्ञप्ति मार्फत खेल तालिका सार्वजनिक गरिएको हो।

पोखरामै आयोजना हुने पीपीएलको दोश्रो सिजन मङ्सिर २८ गते सुरु भइ पुष १२ गते सकिनेछ। लिगको उद्घाटन खेलमा मङ्सिर २८ गते शनिवार डिफेन्डिङ च्याम्पियन टिम पोखरा पल्टनले काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ।

लिगमा गत सिजन जस्तै ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु खेल्दैछन्। यो पटक अघिल्लो सिजन लिग खेलेको टिम हुलास काठमाडौँ रोयल्सको सट्टा काठमाडौँ गोल्डेन वारियर्सले लिग खेल्नेछ। काठमाडौँ गोल्डेन वारियर्स राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल मालिक रहेको टिम हो। धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्स नामले सहभागिता जनाएको टिमले आफ्नो विदेशी खेलाडीलाई बलिंग गर्न प्रतिबन्ध लगाएपछि प्ले-अफ पुगेर लिग छोडेको थियो। ज्ञानेन्द्र मल्लले कप्तानी गरेको उक्त टिमले यो पटक धनगढी प्रिमियर लिग छोडेर पोखरा प्रिमियर लिगमा प्रवेश गरेको हो। ज्ञानेन्द्रनै काठमाडौँ गोल्डेन वारियर्स कप्तान रहेका छन्।

लिगको अन्य ५ वटा टिम भने उहीनै रहेका छन्। अघिल्लो सिजनको उपविजेता पारस खड्काले कप्तानी गर्ने चितवन राइनोज, दिपेन्द्र ऐरी कप्तान रहेको धनगढी ब्लुज, सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्स, शरद भेसावकर कप्तान रहेको डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन तथा प्रदिप ऐरी कप्तान रहने बिराटनगर टाईटन्स लिगमा सहभागी  हुने अन्य ५ टिम हुन्।

यो पटक सन्दिप लामिछाने भने पीपीएलमा देखिनेछैनन्। अघिल्लो सिजन सन्दिप बिराटनगर टाईटन्सको कप्तानको रुपमा लिग खेलेका थिए। सन्दिप यो पटक बिग ब्यास लिग खेल्न अस्ट्रेलिया पुग्नेछन्। सन्दिपको सट्टा बिराटनगरले अर्का राष्ट्रिय क्रिकेटर प्रदिप ऐरीलाई टिमको कप्तान राखेको हो।

खेलतालिका 

प्रतियोगिताको लिग चरणमा सबै टिमले एक अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने टिम सोझै फाइनल प्रवेश गर्नेछ। लिगको दोश्रो र तेश्रो हुने टिमले इलिमीनेटर खेल्नेछन् जसको विजेता फाइनल पुग्नेछ।

डिसेम्बर १४ – पोखरा पल्टन Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर १५ – बिराटनगर टाईटन्स Vs धनगढी ब्लुज , काठमाडौँ गोल्डेन्स Vs वारियर्स बुटवल ब्लास्टर्स
डिसेम्बर १६ – पोखरा पल्टन Vs चितवन राइनोज
डिसेम्बर १७ – काठमाडौँ गोल्डेन्स वारियर्स Vs धनगढी ब्लुज , बिराटनगर टाईटन्स Vs पोखरा पल्टन
डिसेम्बर १८ – बुटवल ब्लास्टर्स Vs चितवन राइनोज
डिसेम्बर १९ – पोखरा पल्टन Vs बुटवल ब्लास्टर्स ,  धनगढी ब्लुज Vs चितवन राइनोज
डिसेम्बर २० – बिराटनगर टाईटन्स Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २१ – बिराटनगर टाईटन्स Vs चितवन राइनोज
डिसेम्बर २२ – धनगढी ब्लुज Vs पोखरा पल्टन
डिसेम्बर २३ – चितवन राइनोज  Vs काठमाडौँ गोल्डेन्स वारियर्स
डिसेम्बर २४ – बुटवल ब्लास्टर्स Vs बिराटनगर टाईटन्स
डिसेम्बर २६ – इलिमिनेटर ( लिगको दोश्रो र तेश्रो ) , डिसेम्बर २८ – फाइनल ( लिगको पहिलो र इलिमीनेटरको विजेता )

Pokhara Premier League Fixtures

यो पटक लिगको अधिकांश टिमले खेल्ने विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छैन। यस्तै पुरस्कार राशि कति हुने घोषणा भएको छैन। अघिल्लो पटक विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाएको थियो।

पीपीएलले मङ्सिरको दोश्रो साता रिलिज, रिटेन गरेको खेलाडीको नाम सार्वजनिक गरेको थियो। यो पटक सुबास खकुरेल , अमृत भट्टराई जस्ता राष्ट्रिय क्रिकेटरहरुले लिग खेल्ने भएका छन्। विस्तृतमा पढ्नुस।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]