पुरुष क्रिकेट तर्फ ज्ञानेन्द्र मल्ल बने उत्कृष्ट ब्याट्सम्यान

२०७६ मंसिर २४, मंगलवार १३:०१

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ब्याट्सम्यान घोषित भएका छन्। प्रतियोगिता भरी सबैभन्दा धेरै रन बनाएका मल्ल उत्कृस्ट ब्याट्सम्यान चुनिएका हुन्।

ज्ञानेन्द्रले प्रतियोगिता अन्तर्गत खेलिएका ५ खेलमा १ शतक सहित २१२ रन बनाएका छन्। श्रीलंकाका पथमा निशंकाले २११ रन बनाए ।ज्ञानेन्द्रले प्रतियोगिताको पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकाको यु-२३ टिम बिरुद्द २१ रन बनाएका थिए। त्यसपछि भुटानसँग भएको खेलमा उनले शतकीय पारि खेले। १०७ रन बनाएका ज्ञानेन्द्र नेपालको लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने दोश्रो खेलाडी बने। त्यस्तै यसै बर्ष पारस खड्काले सिंगापुरमा बनाएको १०६ रनको ठुलो स्कोरलाई समेत पछी पार्दै नेपालको लागि सबैभन्दा ठुलो स्कोर बनाए।

त्यसपछि कमजोर मानिएको माल्दिभ्स बिरुद्द भुटानसँगको प्रदर्शनलाई निरन्तरता दिने आशा गरिएपनि त्यो निराशामा परिणत भयो। उनले मात्र १९ रन बनाए। बंगलादेशको यु-२३ बिरुद्द सम्हालिएर ब्याटिंग गर्दै ४३ रन बनाए। अर्को ईन्डबाट नियमित विकेट गईरहेको अवस्थामा ज्ञानेन्द्रले बलियो बंगालदेशसँग टिकेर खेल।

कास्य पदक सहित नेपाली टिम

अन्तिम खेलमा आइसीसी बरियताको अनुसार नेपाल भन्दा धेरै कमजोर रहेको माल्दिभ्सबिरुद्द तेस्रो स्थानको लागि भएको खेलमा २२ रन बनाएपनि पुनः ठुलो योगफल बनाउनबाट चुके।

५ खेलमा १० विकेट लिंदै बंगलादेशलाई स्वर्ण पदक दिलाउन महत्त्वपूर्ण प्रदर्शन गरेका स्पिनर तनवीर इस्लाम उत्कृष्ट बलर चुनिए। श्रीलंकाका अशिथा फर्नान्डोले ६ विकेट लिंदा नेपालका लागि पारस खड्काले पनि ६ विकेट नै लिए। पारसले बंगलादेशसँग उत्कृस्ट बलिंग गर्दै १५ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यस्तै पछिल्लो यु-१९ विश्वकपमा दुवै हातले एकै किसिमको बलिंग गर्न सक्ने भन्दै चर्चामा आएका श्रीलंकाका कामिन्दु मेन्डिस प्रतियोगिताकै उत्कृस्ट खेलाडी बने। उप-कप्तान समेत रहेका कामिन्दुले ४ खेलमा ५ विकेटका साथै १ शतक सहित १३४ रन बनाएका थिए।

प्रतियोगिताको स्वर्ण बंगलादेशले जित्दा, श्रीलंकाले रजत र नेपालले कास्य पदक हात पारे। त्यस्तै माल्दिभ्सले भुटानलाई पराजित गर्यो भने भुटान जितबिहिन रहँदै फर्कियो।

फोटो फिचर 

ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्ल
कामिन्दु मेन्डिस
तनवीर इस्लाम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy