पुरुष क्रिकेट तर्फ ज्ञानेन्द्र मल्ल बने उत्कृष्ट ब्याट्सम्यान

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ब्याट्सम्यान घोषित भएका छन्। प्रतियोगिता भरी सबैभन्दा धेरै रन बनाएका मल्ल उत्कृस्ट ब्याट्सम्यान चुनिएका हुन्।

ज्ञानेन्द्रले प्रतियोगिता अन्तर्गत खेलिएका ५ खेलमा १ शतक सहित २१२ रन बनाएका छन्। श्रीलंकाका पथमा निशंकाले २११ रन बनाए ।ज्ञानेन्द्रले प्रतियोगिताको पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंकाको यु-२३ टिम बिरुद्द २१ रन बनाएका थिए। त्यसपछि भुटानसँग भएको खेलमा उनले शतकीय पारि खेले। १०७ रन बनाएका ज्ञानेन्द्र नेपालको लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा शतक बनाउने दोश्रो खेलाडी बने। त्यस्तै यसै बर्ष पारस खड्काले सिंगापुरमा बनाएको १०६ रनको ठुलो स्कोरलाई समेत पछी पार्दै नेपालको लागि सबैभन्दा ठुलो स्कोर बनाए।

त्यसपछि कमजोर मानिएको माल्दिभ्स बिरुद्द भुटानसँगको प्रदर्शनलाई निरन्तरता दिने आशा गरिएपनि त्यो निराशामा परिणत भयो। उनले मात्र १९ रन बनाए। बंगलादेशको यु-२३ बिरुद्द सम्हालिएर ब्याटिंग गर्दै ४३ रन बनाए। अर्को ईन्डबाट नियमित विकेट गईरहेको अवस्थामा ज्ञानेन्द्रले बलियो बंगालदेशसँग टिकेर खेल।

कास्य पदक सहित नेपाली टिम

अन्तिम खेलमा आइसीसी बरियताको अनुसार नेपाल भन्दा धेरै कमजोर रहेको माल्दिभ्सबिरुद्द तेस्रो स्थानको लागि भएको खेलमा २२ रन बनाएपनि पुनः ठुलो योगफल बनाउनबाट चुके।

५ खेलमा १० विकेट लिंदै बंगलादेशलाई स्वर्ण पदक दिलाउन महत्त्वपूर्ण प्रदर्शन गरेका स्पिनर तनवीर इस्लाम उत्कृष्ट बलर चुनिए। श्रीलंकाका अशिथा फर्नान्डोले ६ विकेट लिंदा नेपालका लागि पारस खड्काले पनि ६ विकेट नै लिए। पारसले बंगलादेशसँग उत्कृस्ट बलिंग गर्दै १५ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यस्तै पछिल्लो यु-१९ विश्वकपमा दुवै हातले एकै किसिमको बलिंग गर्न सक्ने भन्दै चर्चामा आएका श्रीलंकाका कामिन्दु मेन्डिस प्रतियोगिताकै उत्कृस्ट खेलाडी बने। उप-कप्तान समेत रहेका कामिन्दुले ४ खेलमा ५ विकेटका साथै १ शतक सहित १३४ रन बनाएका थिए।

प्रतियोगिताको स्वर्ण बंगलादेशले जित्दा, श्रीलंकाले रजत र नेपालले कास्य पदक हात पारे। त्यस्तै माल्दिभ्सले भुटानलाई पराजित गर्यो भने भुटान जितबिहिन रहँदै फर्कियो।

फोटो फिचर 

ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्ल
कामिन्दु मेन्डिस
तनवीर इस्लाम




थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]