“प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौं” कप्तान मल्ल

बंगलादेशमा सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स एसिया कपको पहिलो चरणबाट बाहिरिएपछि नेपाली टिम मंगलबार स्वदेश फर्किएको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘बि’ मा रहेको नेपालले ३ खेल खेल्दा हंगकंगसंग जित हाँसिल गर्यो भने भारत र बंगलादेशसंग हार बेहोर्यो। समुहमा बंगलादेश र भारत पछि तेश्रो भएको नेपाल दोश्रो चरण पुग्न सकेन।

पारस खड्काले कप्तानी छोडेपछि पहिलो पटक ठुलो प्रतियोगितामा कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लले प्रतियोगितामा आफ्नो व्यक्तिगत तथा टिमको प्रदर्शन सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन्।

“हामीले प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौं। बंगलादेश निकै बलियो टिम थियो जो बिरुद्ध हामीले २०० रन पनि बनाउन सकेनौ। भारत बिरुद्ध अझ धेरै रन बनाउन सकिन्थ्यो”

नेपालले ३ खेल खेल्दा हंगकंगसंग जित हाँसिल गर्यो भने भारत र बंगलादेशसंग हार बेहोर्यो।

“हामीलाई अझ ठुलो टिमसंग म्याच एक्सपोजर चाहिन्छ , राम्रो टिमसंग राम्रो विकेटमा खेल्ने हो भने ब्याटिंग सुधार हुन्छ”

मल्लले आफ्नो व्यक्तिगत प्रदर्शन नराम्रो भएको पनि स्वीकारे। भारत र हंगकंगसंग खाता नखोली आउट भएका मल्लले बंगलादेशसंग २२ रन मात्र बनाउन सकेका थिए।

“दुर्भाग्य, व्यक्तिगत प्रदर्शन राम्रो हुन सकेन, सुरुमै आउट भए। तथापी कप्तानीको दबाबले भने त्यस्तो भएको हैन।”

मल्लले मङ्सिर १५ देखि नेपालमा आयोजना हुने सागमा नेपालको लक्ष्य स्वर्ण पदक जित्ने रहेको बताए।  सागमा नेपाल सहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन्। भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता जनाउने छैन। सागको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भइसकेको छ। विस्तृतमा पढ्नुस 

सागको लागि घोषित नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

अतिरिक्त खेलाडी :- रोहित पौडेल, भिम शार्की, सागर ढकाल





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]