प्रदेश ५ र ६ को प्रादेशिक संघको अध्यक्षमा दुर्गा थापा

प्रदेश ५ र प्रदेश ६ को शनिवार सम्पन्न प्रादेशिक क्रिकेट संघको साधारणसभाले दुर्गा थापालाई अध्यक्ष चयन गरेको छ।

अध्यक्षमा थापा सहित १३ जना कार्यसमितिका सदस्यहरु सर्वसम्मत रुपमा चयन भए। प्रदेश-६ कर्णाली प्रदेशमा सुर्खेत जिल्ला मात्र रहेकोले प्रदेश-५ मा गाभिएको हो। प्रदेश-५ मा नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, दाङ, बर्दिया गरि ७ वटा जिल्ला क्रिकेट संघ रहेका छन्।

संघको उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव संजय गुरुङ तथा कोषाध्यक्ष राजेश श्रेष्ठ चुनिएका छन्। सदस्यहरुमा विनय राज भण्डारी, कैलाश रोका मगर, संजयराज सिंह, किशोर चन्द्र गौतम, पदम राज श्रेष्ठ, श्रीधर केसी, कृष्ण प्रसाद बस्याल , विजय ज्ञवाली रहेका छन्। एक मात्र महिला सदस्य माया ज्ञवाली रहेका छन्।

निर्वाचित प्रदेश-५ र ६ प्रादेशिक क्रिकेट संघ कार्यसमिति। फोटो – तारा पाठक

यस अघिनै गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश-१ तथा गण्डकी प्रदेशको प्रादेशिक क्रिकेट संघको निर्वाचन सम्पन्न भइसकेको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-१ बाट डन्डु शेर्पा अध्यक्ष निर्वाचित भइसकेका छन्।

७ वटा प्रदेश मध्ये अब प्रदेश-२ र प्रदेश-३ को मात्र प्रादेशिक निर्वाचन बाँकी रहेको छ। प्रदेशको निर्वाचन पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ।

नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]