प्रधानमन्त्री ओलीसंग सचिनको भेट, विहान पुगे पशुपतिनाथ ( फोटो फिचर )

युनिसेफको सद्भावना दुतको रुपमा नेपाल भ्रमणमा आएका विश्व प्रख्यात क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आइतबार भेट गरेका छन्। बालुवाटार स्थित प्रधानमन्त्री निवासमा सचिन पुगेका हुन्।

प्रधानमन्त्री ओलीसंग भेटमा उनले नेपाल सरकारले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्धनमा गरेको प्रयासको प्रसंशा गरेको प्रधानमन्त्री कार्यालयले बताएको छ।

सचिनसंगको भेट बारे प्रधानमन्त्रि ओलीले ट्वीटर मार्फत फोटो सार्वजनिक गरेका छन्। “युनिसेफका सद्भावना दुत सचिनलाई भेट्दा खुसि लागेको छ। उनले नेपाल सरकारले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्धनमा गरेको प्रयासको तारिफ गरेका छन्” ट्विटमा लेखिएको छ।

प्रधानमन्त्रीसंग भेट अघि सचिन विहान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका थिए।

पशुपति नाथमा सचिन तेन्दुलकर ( फोटो – अन्नपूर्ण पोस्ट )
( फोटो – अन्नपूर्ण पोस्ट )

युनिसेफको बल अधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा नेपाल आएका सचिनले  शनिवार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बालबालिकाहरुसंग प्रदर्शनी खेल खेलेका थिए। सचिन सोहि दिन बेलुका काभ्रेको पात्लेखेल पुगेका थिए।सचिन आजै स्वदेश फर्किने तालिका रहेको छ।

सचिन शनिबार बेलुका काभ्रेको पात्लेखेल पुगेका थिए जहाँ उनलाई स्थानियले ढाका टोपी लगाएर स्वागत गरेका थिए।

सचिनले शनिवार बालबालिकाहरुसंग टियु मैदानमा क्रिकेट खेलेका थिए 

Photo – Binod Pandey , Twitter




थप समाचार

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]