प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ।

किर्तिपुर स्थित टियु मैदानमा सम्पन्न खेलमा २१८ रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सम्पुर्ण विकेट गुमाएर मात्र १४७ रन बनाउन सक्यो। उसको लागि हेमन्त ओलीले १०२ बलमा ४ चौकाको मद्धतमा सर्वाधिक ५८ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

लक्ष्य पछ्याउने क्रममा ओपनर बिपिन रावल (७) र निश्चल रावल (२) छिट्टै आउट भए। त्यसपछि क्रिजमा आएका हेमन्तले कप्तान रबिन्द्र शाहीसंग तेश्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।

हेमन्त ओलीले सर्वाधिक ५८ रन बनाए

रबिन्द्रलाई (१४) १४ औं ओभरमा बसन्त रेग्मीले बोल्ड गरे। त्यसपछि हेमन्तले हिमांशु शाहीसंग अर्धशतकीय साझेदारी गर्दै योगफल १०० पार गराए। खतरनाक बन्दै गएको ५६ रनको साझेदारी ३१ औं ओभरमा हेमन्तलाई सन्दिप जोराले रन आउट गर्दै तोडे जसपछि एपीएफ खेलमा फर्कियो। १२०/५ को स्थितिबाट एपीएफको बलरहरु खेलमा हावी हुँदा कर्णाली १४७ रनमा समेटिएको थियो।

एपीएफको बलिंगमा किशोर महतो र वसन्त रेग्मीले समान ३ विकेट लिए। भुवन कार्कीले २ तथा शरद भेषावकरले १ विकेट हात पारे।

यस अघि खेलमा टस जितेर ब्याटिंग रोजेको एपीएफले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१८ रन बनाएको थियो।

एपीएफको लागि सन्दिप जोराले सर्वाधिक ६० रन बनाए जुन क्रममा ७६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अमर सिंह रौटेलाले ३१, सुबास खकुरेलले २३, शंकर रानाले १५, बसन्त रेग्मीले १४ तथा किशोर महतोले अविजित १३ रन बनाए।

सन्दिप जोराले अर्धशतकीय पारि खेले

सुरुवात देखि नियमित अन्तरलमा विकेट गुमाएको एपीएफले ६७ रनको योगफलम ५ विकेट गुमाएको थियो। छैठौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दिप जोराले अमर सिंह रौटेलासंग छैठौं विकेटको लागि ७८ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराएका थिए। जोरालाई ४३ औं ओभरमा कर्णालीका कप्तान रबिन्द्र शाहीले क्याच आउट गराए।

कर्णाली प्रदेशको बलिंगमा अनुज चुनरा र रबिन्द्र शाहीले समान ३ विकेट लिए। दिवान पुन र राज शाहले समान २ विकेट लिए। स्कोरकार्ड 





थप समाचार

NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ। आसिफ शेख मार्की खेलाडी रहेको […]

पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]