फाइनल खेलमा चलेन हैदराबादको ब्याटिङ, कोलकाताले गर्यो ११३ रनमा अल आउट

२०८१ जेष्ठ १३, आईतवार २१:२९

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स हैदराबाद १ सय १३ रनमा नै अल आउट भएको छ ।

एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय १३ रन मात्र बनायो ।

हैदराबादका लागि कप्तान प्याट कमिसंले १९ बलमा सर्वाधिक २४ तथा एडेन मारक्रमले २३ बलमा २० रन बनाए । हेनरिक क्लासेनले १७ बलमा १६ तथा नितिश रेड्डिले १० बलमा १३ रन बनाए । हैदराबादका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल हो ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा मिचेल स्टार्क र हर्षित रानाले समान दुई दुई विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

समूह चरणमा कोलकाता पहिलो र हैदराबाद दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । दुवै टोलीबीच यस संस्करणको यो तेस्रो भेट हो । समूह चरणको भेटमा कोलकाताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy