फाइनल खेलमा चलेन हैदराबादको ब्याटिङ, कोलकाताले गर्यो ११३ रनमा अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स हैदराबाद १ सय १३ रनमा नै अल आउट भएको छ ।

एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय १३ रन मात्र बनायो ।

हैदराबादका लागि कप्तान प्याट कमिसंले १९ बलमा सर्वाधिक २४ तथा एडेन मारक्रमले २३ बलमा २० रन बनाए । हेनरिक क्लासेनले १७ बलमा १६ तथा नितिश रेड्डिले १० बलमा १३ रन बनाए । हैदराबादका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आइपीएल इतिहासको फाइनलमा बनेको यो नै कम योगफल हो ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा मिचेल स्टार्क र हर्षित रानाले समान दुई दुई विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

समूह चरणमा कोलकाता पहिलो र हैदराबाद दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका थिए । दुवै टोलीबीच यस संस्करणको यो तेस्रो भेट हो । समूह चरणको भेटमा कोलकाताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको हो ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]