बर्माको उत्कृष्ट ब्याटिङमा नेपालको विजयी सुरुआत, पहिलो खेलमा हङकङमाथि सहज जित

काठमाडौं । मलेसियामा आजबाट सुरु एसीसी प्रिमियर कप मा नेपालले विजयी सुरुआत गरेको छ ।

आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्यो ।

हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान ईन्दु बर्माले ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४० रन बनाईन् । सिता राना मगरले ३८ बलमा अविजित ३६ रन बनाईन् । बर्मा र सिताले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । ओपनरको रुपमा मैदान प्रवेश गरेकी कविता कुँवर १२ बलमा ४ रन बनाउँदै आउट भईन् ।

सिताले चौका प्रहार गर्दै खेल सकाएकी थिईन् ।

हङकङका लागि इक्रा सहर र चान बेट्टीले समान एक एक विकेट लिएका थिईन् ।

त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको सेलन्गर ट्रफमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनायो ।

हङकङका लागि कप्तान चेन क्यारीले ३१ बलमा २१ तथा मायाम बिबिले २० बलमा १९ रन बनाए ।

नेपालका लागि पूजा महतो र रुबिना क्षेत्रीले समान दुई दुई तथा कविता जोशी र रुबिना क्षेत्रीले समान एक एक विकेट लिए ।

सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा हङकङ, भुटान र माल्दिभ्स रहेका छन् ।

दोस्रो खेलमा ११ फेब्रुअरीमा भुटानको सामना गर्ने नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।





थप समाचार

नेक्ससले २०० जना क्रिकेटरलाई निशुल्क क्याम्प गर्ने

काठमाडौं । काठमाडौं को पेप्सीकोमा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष see दिने २०० जना क्रिकेट खेलाडीहरू लाई २० दिने […]

पाँचपोखरी टि२० क्रिकेट : पाँचपोखरी र ह्याल्मो-११ फाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । मुलपानी क्रिकेट […]

क्यानडाको लगातार दोस्रो जित, स्कटल्यान्डलाई हरायो

काठमाडौं । विश्वकप लिग टू को नव प्रवेशी क्यानडाले गत संस्करणको च्याम्पियन स्कटल्यान्डलाई पराजित गरेको छ । युएईमा जारी रहेको […]

डीसिएल : रोयल्स र लायन्सले उपाधीका लागि खेल्ने

दाङ । दोस्रो संस्करणको नेपाल टेलिकम दाङ प्रिमियर लिगको उपाधीका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्सले खेल्ने भएका छन् । […]

नामिबियालाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नामिबियालाई पराजित गरि काठमाडौंमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजमा नेपाल फाइनल नजिक […]

कुशलको अर्धशतकमा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट […]