बालुवाटारमाथि केसीटिसी बलियो स्थितिमा

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको चौथों खेलको पहिलो दिनको खेल सकिएको छ ।

पहिलो दिनको समाप्तीसँगै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसीटिसी)ले बालुवाटार क्रिकेट क्लबमाथि १ सय ७ रनको अग्रता बनाएको छ । स्कोरकार्ड 

आईतबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटार पहिलो ईनिङमा २३.३ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो ।

केसीटिसीका बलरहरु चम्किएपछी बालुवाटारका ब्याट्सम्यान सस्तैमा आउट हुन पुगे । उसका लागि सागर थापाले ११ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बालुवाटारको ब्याटिङ ध्वस्त पार्ने क्रममा केसीटिसीका तिलक भण्डारीले सर्वाधिक ५ तथा सुर्य तामाङले ३ र सुरज तामाङ र सुभाश खत्रीले समान १/१ विकेट लिएका थिए ।

त्यसपछि केसीटिसीले आफ्नो पहिलो ईनिङ सुरु गर्दै ५५.३ ओभरमा ९ विकेटको क्षतिमा पारीको समाप्ती गर्दै २ सय १ रन बनाएको थियो ।

केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले अर्धशतकीय ७२ रनको योगदान गरे । १०५ बलको सामना गरेका उनले ८ चौकासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३/ ३ विकेट लिएका थिए । भने कमल श्रेष्ठले २ र अभिनाश सिंहले १ विकेट लिएका थिए ।

र त्यसपछि आफ्नो दोस्रो ईनिङ सुरु गरेको बालुवाटार पहिलो दिनको समाप्तीसँगै २६ ओभरमा ५ विकेट गुमाएर ४२ रन बनाएको छ । र यहिबाट बालुवाटारले सोमबार ईनिङलाई निरन्तरताको दिनेछ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]