बिग ब्यास : सन्दिपले उत्कृस्ट बलिंग गर्दा स्टार्सको जित

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको छ।

लिग अंकतालिकाको शिर्ष स्थानमा रहेको मेलबर्न स्टार्सको छैठौं खेलमा यो पाँचौ जित हो। रेनेगेड्स भने लगातार ६ खेलमा हार पछि अंकतालिकाको पुछारमा यथावत रहेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको रेनेगेड्सले दिएको १४३ रनको लक्ष्य स्टार्सले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

स्टार्सका ओपनर मार्कस स्टोइनिसले अविजित ६८ तथा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाउदै टिमलाई जित दिलाएका थिए। स्टोइनिसले ५५ बलमा ७ चौका र १ छक्का तथा म्याक्सवेलले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यस अघि रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए। कप्तान आरोन फिन्चले २५ तथा बु वेबस्टरले २९ रन बनाए।

स्टार्सको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने डेल स्टेन र एडम जाम्पाले समान २/२ विकेट लिए। सन्दिपले ३ विकेट लिने क्रममा ४ ओभरमा २६ रन खर्चिए। यस क्रममा नेपाली स्पिनरले शन मार्श, ड्यानीयल क्रिस्टीयन र टम कुपरको विकेट लिए।

इनिंगको सातौँ ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा ७ रन तथा त्यसपछि नवौं ओभरमा १२ रन खर्चेका थिए। २ ओभरमा १९ रन खर्चेर विकेटविहिन रहेपछि दोश्रो स्पेल गर्न १५ औं ओभरमा आएका सन्दिपले ओभरको तेश्रो बलमा शन मार्शलाई क्याच आउट गराएका थिए। बाउन्ड्रिमा बेन डंकले छक्का जोगाउदै डोरी भित्र फालेको बललाई कोल्टर नाइलले क्याच गरेका थिए। सोहि ओभरको पाँचौ बलमा सन्दिपले ड्यानीयल क्रिस्टीएनलाई स्टम्प आउट गर्दै दोश्रो विकेट लिएका थिए।


दोश्रो ओभरमा ४ रन खर्चेर सन्दिपले २ विकेट लिए।  त्यसपछि स्पेलको अन्तिम ओभर गर्ने क्रममा सन्दिपले १७ औं ओभरको अन्तिम बलमा टम कुपरलाई एलबिडब्लु आउट गरेका थिए। चौथो ओभरमा सन्दिपले ३ रन खर्चेर १ विकेट लिए।

सन्दिपले तिन विकेट लिनुका बाबजुद खेलको प्लेयर अफ द म्याच भने दुइ विकेट लिएका एडम जाम्पा चुनिए।

लिग अन्तर्गत सन्दिप लामिछानेले हालसम्म ५ खेल खेल्दा ६ विकेट लिएका छन्। मेलबर्न स्टार्सले आगामी खेल जनवरी ८ तारिकमा सिड्नी थन्डर्स बिरुद्ध खेल्नेछ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]