बिनोद र करनको करियरकै उत्कृस्ट प्रदर्शन, हंगकंग ४ विकेटले पराजित

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।  प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सोमबार नेदरल्याण्ड बिरुद्ध खेल्नेछ।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खराब रहेको थियो। कप्तान पारस खड्का इनिंगको पहिलो बलमा किन्चित शाहको बलमा क्याच आउट भए। त्यसपछि अर्का ओपनर पवन सर्राफ १० रन, दिपेन्द्र ऐरी ६ रन तथा रोहित पौडेल ५ रन बनाएर आउट हुँदा नेपाल सातौँ ओभरमा ३६/४ को अवस्थामा पुग्यो।

खराब स्थितिबाट नेपाललाई उकास्न बिनोद भण्डारी र तेश्रो नम्बरमा ब्याटिंग गरेका आसिफ शेखले पाँचौ विकेटको लागि राम्रो साझेदारी गरे। ५९ रनको साझेदारी गरेपछि आरिफ १५ औं ओभरमा कायल क्रिस्टीबाट कट बिहाईन्ड भए।

Binod Bhandari

त्यसपछि बिनोदले सोमपाल कामिसंग १८ रनको साझेदारी गरे। सहज जिततर्फ अघि बढ्दै गर्दा १९ औं ओभरको पहिलो बलमा सोमपाल १३ रन बनाएर एहसान खानबाट एलबिडब्लु आउट भए।

त्यसपछि बिनोद भण्डारीले सोहि ओभरको पाँचौ बलमा छक्का र त्यसपछि २ रन लिंदै नेपाललाई जितसम्म पुर्याए।

बिनोदले टि-२० अन्तर्राष्ट्रियमा दोश्रो अर्धशतक तथा व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा अविजित ५८ रन बनाए। उनले ४८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बिनोदले यसै वर्ष मलेसिया बिरुद्ध जुलाईमा अविजित ५१ रन बनाएका थिए। भण्डारी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २ वटा अर्धशतक पुरा गर्ने दोश्रो ब्याट्सम्यान हुन्। पारसले १ अर्धशतक र ३ अर्धशतक प्रहार गरेका छन् बिनोदको २ वटा अर्धशतक पुगेको छ।

हंगकंगको बलिंगमा कायल क्रिस्टिन र नसरुल्लाले २/२ विकेट तथा किन्चित शाह र एहसान खानले १/१ विकेट लिए।

हंगकंगको ब्याटिंग 

करन केसीले टि-२० अन्तर्राष्ट्रिय करियरकै आफ्नो उत्कृस्ट बलिंग गर्दा टस हारेर पहिले ब्याटिंग गेरको हंगकंगले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो।

हंगकंगको लागि वकास बर्कारले सर्वाधिक ३७, किन्चित शाहले ३१ तथा निजकत खानले २३ रन बनाए। करनले हंगकंगआ दुवै ओपनर एहसान अब्बासी तथा निजाकत खानको विकेट लिए भए चौथो नम्बरका ब्याट्सम्यान शाहिद वासिफ र पाँचौ नम्बरका वकास वर्कातको गरि ४ महत्वपूर्ण विकेट लिए।

Karan KC ( File Photo )
Karan KC ( File Photo )

४ ओभर बलिंग गर्ने क्रममा करनले ३६ रन खर्चेर ४ विकेट लिए। हंगकंगका १ ब्याट्सम्यान रन आउट भए भने बाँकी १ विकेट अविनाश बोहराले लिए। अविनाश बोहराले खेलको १७ औं ओभरमा मात्र ३ रन तथा १९ औं ओभरमा मात्र ६ रन दिंदा हंगकंगले अन्तिमको ओभरमा विकेट रहेता पनि धेरै रन बनाउन सकेन।

करनको करियरकै उत्कृस्ट बलिंग

टि-२० अन्तर्राष्ट्रियमा एकै इनिंगमा ४ विकेट लिने करन केसी मात्र तेश्रो बलर बनेका छन्। बसन्त रेग्मी र अविनाश बोहरा बाहेक टि-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाली बलरले एकै खेलमा ४ विकेट लिन सकेका थिएनन्। स्पेलको आधारमा करनको ४-०-३६-४ स्पेल तेश्रो उत्कृस्ट हो। बसन्त रेग्मीले हंगकंग बिरुद्ध २०१५ विश्वकप छनौटमा ४ विकेट लिन मात्र १६ रन खर्चिएका थिए जुन हालसम्मकै उत्कृस्ट स्पेल हो। यस्तै दोश्रो सर्वोत्कृष्ट स्पेल अविनाश बोहराको हो जसले सिंगापुर बिरुद्ध यसै वर्ष जुलाईमा ४ विकेट लिन ३५ रन खर्चिएका थिए। यस अघि करनको उत्कृस्ट बलिंग स्पेल मलेसिया बिरुद्ध ४-०-२७-३ थियो।

करन बने टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली बलर 

हंगकंगसंग ४ विकेट लिएसंगै करन नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। कुल २५ विकेट लिंदै संयुक्त रुपमा बसन्त रेग्मी, करन केसी र सोमपाल कामि पहिलो नम्बरमा रहेका छन्।

करनले १९ औं खेल खेल्दा २५ विकेट लिएका हुन् भने बसन्त रेग्मीले १८ तथा सोमपालले २५ खेल खेलेका छन्। १४ खेलमा २१ विकेट लिंदै सन्दिप लामिछाने दोश्रो तथा १२ खेलमा १४ विकेट लिंदै अविनाश बोहरा तेश्रो स्थानमा रहेका छन्।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]