बिभिन्न निर्णय गर्दै प्रदेश नं. २ क्रिकेट विकास समितिको बैठक सम्पन्न

बर्दिवास, प्रदेश नं. २ क्रिकेट विकास समितिको बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न गरेको छ।

बैठकले प्रदेश नं. २ बाट निर्वाचित कोषाध्यक्ष लगायत सदस्यद्धय माधव कर्मचार्य र दाउद इब्राहिम सहित नेपाल क्रिकेट संघको केन्द्रिय चुनावमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सवैलाई बधाई तथा कार्यकालको शुभकामना दिईने निर्णय गरिएको छ।

समितिद्धारा जिल्ला संघलाई जनवरी २०२० भित्र जिल्ला स्तरीय क्रिकेट तथा बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरि बैठकले प्रदेश नं. २ क्रिकेट विकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलिका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ।

बैठकले सदस्य मुर्तुजा हवारीको संयोजकत्वमा सुभाष जयसवाल, अनिल शर्मा र सुनिल साह रहने गरि प्राबिधिक तथा छनौट समिति गठन, समितिका उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्य निरज कार्कि रहने गरि प्रतियोगिता समन्वय समिति, समितिका कोषाध्यक्ष पवन गुप्ताको संयोजकत्वमा सदस्यद्धय सुभाष जयसवाल र आकाश पाण्डेय रहने गरि आर्थिक समिति लगायत निर्माण गरेको छ।

बैठकले सचिव आयुश श्रेष्ठलाई प्रवक्ता चयन गरको छ भने अम्पाएर तथा स्कोररको बिवरण ल्याउन धिरज पौडेल र मेहवुव रेजाराईनलाई मनोनयन गर्दै प्रदेश नं. २ मा आयोजना हुने व्यवसायिक क्रिकेटको स्वीकृति वापत रकम रु. ५० हजार लिने निर्णयसंगै समितिका अध्यक्षको संयोजकत्वमा अनुशासन समिति चयन तथा भएका निर्णयहरुको म्याद १ बर्ष राखिएको जानकारी प्रदेश बिकास समितिका सचिव आयुश श्रेष्ठले जानकारी गराउनु भएको छ ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]