बिराटनगरसंग डिफेन्डिङ च्याम्पियन पोखरा स्तब्ध

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अनार्गत बुधबार सम्पन्न दोश्रो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई बिराटनगर टाईटन्सले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

यस अघि धनगढीले बिराटनगरलाई ५ रनले पराजित गरेको थियो। पोखरा पल्टनले यस अघि पहिलो खेलमा काठमाडौँ गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दा चितवन राइनोजसंग भने ६ विकेटको हार बेहोरेको थियो।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा बिराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.५ ओभरमा १०० रन मात्र बनाउन सक्यो।

पोखराको लागि रोहित पौडेलले सर्वाधिक ३२ रन बनाए। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले १३ बलमा ३ चौका र १ छक्का मदतले २४ रन बनाए। आसिफ शेखले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय ६७ रनमा २ विकेट गुमाएको पोखराले त्यसपछि लगातर विकेट गुमाएको थियो। बाँकी ३३ रन जोड्दा पोखराले थप ७ विकेट गुमाउन पुग्यो।

बिराटनगरको लागि तिब्र गति बलर किशोर महतोले ३ विकेट ( ३.५-०-२१-३ ) लिए भने जितेन्द्र मुखिया ( ३-०-२१-२ ) र मोहम्मद जैद आलम ( ४-०-१३-२ ) ले समान २/२ विकेट लिए। शाहब आलम, पुनित मेहरा र नोमन खानले समान १/१ विकेट लिए।

यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको थियो।

राम्रो सुरुवात गरेको बिराटनगरको लागि ओपनर जैद आलम र सुनिल धमलाले ५० रनको साझेदारी गरेका थिए। २७ बलमा २ चौका र २ छक्का मदतले २६ रन बनाएका आलम नवौं ओभरमा कुशल मल्लबाट क्याच आउट भए। १४ औं ओभरमा धमलालाई सर्वजित लड्डाले क्याच आउट गराए जसले ४० बलमा २ चौका र २ छक्का मदतले ३६ रन बनाएका थिए।

दुवै ओपनर आउट भएपछि बिराटनगरले लगातार विकेट गुमायो। प्रदिप ऐरी ६ रन बनाएर धमला आउट भएपछि को बलमा आउट भए। त्यसपछि शरद भेसावकरले १५ औं ओभरमा नोमन खान ( १ रन ) र लोकेश बम ( २ रन ) लाई पेभेलियन फर्काए।

७६/५ को नाजुक अवस्थामा पुगेको बिराटनगरलाई त्यसपछि अन्तिमको ५ ओभरमा पुनित मेहराले विस्फोटक ब्याटिंग गर्दै अघि बढाए। मेहराले मात्र २६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। यस क्रममा उनले राजु रिजालसंग छैठौं विकेटको लागि ३१ बलमा ६९ रनको साझेदारी गरे।

अविजित इनिंग खेल्ने क्रममा मेहराले राशिद खानले गरेको १९ औं ओभरमा २ चौका र २ छक्का तथा प्रथमेशड़ाकेले गरेको २० औं ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए।

पोखराको बलिंगमा कप्तान शरद भेसावकरले २ ( २-०-१६-२ ) तथा सरब्जित लड्डा र कुशल मल्लले १/१ विकेट लिए।

( फिचर फोटो – पोखरा पल्टन फेसबुक )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]