बि एण्ड आर कप : नेपालको पहिलो खेल सोमबार थाईल्याण्डसंग ( सम्पूर्ण जानकारी )

चिनको सांघाईमा सोमबार देखि सुरु हुने ‘बि एण्ड आर’ कप अन्डर-१९ टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा नेपाल लगायत चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरि कुल ६ टिम सहभागी छन्। नेपाली अन्डर-१९ महिला क्रिकेट टिम प्रतियोगिता खेल्न शुक्रबार चिन प्रस्थान गरेको थियो।

नेपालले पहिलो खेल थाईल्याण्डसंग सोमबार बिहान नेपाली समय ११:४५ बजे र चिनको स्थानीय समय १ बजे दिउसो खेल्नेछ। प्रतियोगिता अन्तर्गत पहिलो दिन सोमबार अन्य ३ खेल पनि खेलिनेछन् जसअन्तर्गत चिनले एकै दिन साउदी अरब र म्यानमारसंग खेल्नेछ भने म्यानमारले अर्को खेलमा मलेसियासंग खेल्नेछ।

खेल अघि नेपाली टिमको अभ्यास

नेपाली महिला अन्डर-१९ टिमले विदेशी प्रतियोगितामा सहभागिता जनाउन लागेको सन् २०१२ पछि यो पहिलो पटक हो। ७ वर्ष अघि नेपालले एसीसी यु-१९ महिला च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाएको थियो। उक्त प्रतियोगिताको फाइनलमा नेपालले थाईल्याण्डलाई ६ विकेटले पराजित गर्दै जितेको थियो।

नेपाली अन्डर-१९ टिमले हालसम्म तिन वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छ। तिन वटै प्रतियोगिता नेपाललेनै जितेको इतिहास छ। सन् २००८, सन् २०१० र सन् २०१२ को एसीसी अन्डर-१९ महिला च्याम्पियनसिपको उपाधि नेपाली अन्डर-१९ महिला टिमले जितेको थियो।

२०१२ पछि एसियन क्रिकेट काउन्सिलले अन्डर-१९ महिलाको प्रतियोगिता आयोजना नगर्दा नेपाली अन्डर-१९ महिला टिमले प्रतियोगितामा सहभागिता जनाउने मौकानै पाएन। आईसीसीले समेत अन्डर-१९ महिला क्रिकेटलाई ध्यान नदिंदा लामो समय पछि उमेर समुहको प्रतियोगितामा नेपाली महिला टिमले सहभागिता जनाउन लागेको हो।

थाईल्याण्डसंग यस्तो छ बिगतमा नतिजा 

थाईल्याण्ड महिला सिनियर टिम वर्तमान समयमा नेपाली महिला टिम भन्दा स्तरीय टिम मानिने गर्छ। यसै वर्ष अगस्टमा आयोजित महिला टि-२० विश्वकप छनौट प्रतियोगिताको उपविजेताको रुपमा थाईल्याण्ड अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप २०२० खेल्न समेत छनौट भएको छ। नेपाली सिनियर टिम बिरुद्ध पनि पछिल्लो खेलहरुमा थाईल्याण्डले जित हाँसिल गर्दै आएको छ।

नेपाल यु-१९ महिला टिमले ७ वर्ष पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो

नेपाली अन्डर-१९ महिला क्रिकेट टिमलाई भने थाईल्याण्डले पराजित गरेको इतिहास छैन। अन्तिम पटक २०१२ एसीसी यु-१९ महिला च्याम्पियनसिपको फाइनलमा ६ विकेटले तथा लिग चरणको खेलमा नेपालले थाईल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। त्यस अघि सन् २००८ एसीसी यु-१९ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले थाईल्याण्डलाई ८३ रनले पराजित गरेको थियो।

प्रतियोगितामा नेपालको खेल तालिका 

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाईल्याण्डसंग नोभेम्बर ११ मा खेल्ने तालिका रहेको छ। दोश्रो खेल साउदी अरबसंग नोभेम्बर १२ मा तथा तेश्रो खेल सोहि दिन चिनसंग खेल्नेछ। यस्तै चौथो खेल मलेसियासंग १४ नोभेम्बरमा तथा पाँचौ र अन्तिम खेल म्यानमारसंग १५ नोभेम्बरमा खेल्नेछ।

टिमको प्रशिक्षक नेपाली राष्ट्रिय टिमका पुर्व खेलाडी समेत रहेका कलाम अलि रहेका छन्।

नेपाली टिम : डली भट्ट ( कप्तान ) , कविता कुँवर ( उपकप्तान ) , कृतिका मरासिनी , यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि, इश्वरी बिस्ट, लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी





थप समाचार

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]

ब्लाष्टरलाई जिपीएलको उपाधी

स्थानिय स्तरमा ग्रासरुट क्रिकेटको बिकास गर्ने लक्ष्यसहित आइपिएल संरचना जस्तै फ्रेन्चाइज लिग संचालन भइरहेको गल्याङ प्रिमियर लिग को प्रथम संस्करणको […]

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]