ब्राभो कप्तानीको मराठाले जित्यो टि-१० लिगको उपाधि

शेन वाटसन कप्तानीको डेक्कन ग्ल्याडीएटर्सलाई ८ विकेटले पराजित गर्दै ड्वेन ब्राभो कप्तानीको मराठा अरबीयन्सले टि-१० लिग २०१९ को उपाधि जितेको छ। जितसंगै मराठाले १ लाख डलर हात पार्यो।

शेख जायद स्टेडियम आबु धाबीमा आइतबार राति सम्पन्न खेलमा डेक्कनले दिएको ८८ रनको लक्ष्य मराठाले ७.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको हो।

 

लक्ष्य पछ्याउने क्रममा मराठाका ओपनर चाडविक वाल्टनले अविजित ५१ रन बनाए जुन क्रममा २६ बलमा ३ छक्का र ६ चौका प्रहार गरे। यस्तै क्रिस लिनले १६ तथा नाजिबुल्लाह जद्रानले १२ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको डेक्कनले १० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि आसिफ खानले सर्वाधिक २५,  भानुका राजपक्षाले २३ रन बनाए। स्टार ब्याट्सम्यानहरु मोहम्मद शहजाद १४, कप्तान शेन वाटसन १, काइरन पोलार्ड ५ रन बनाएर आउट भए।

डेक्कनको बलिंगमा कप्तान ब्राभोले २ तथा मिचेल म्याक्लेनघन, लासिथ मालिंगा र कासुन रजिथाले १/१ विकेट लिए।

फाइनलको प्लेयर अफ द म्याच चाडविक वाल्टन घोषित भए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी क्रिस लिन घोषित भए।

प्रतियोगितामा नेपाली खेलाडीहरु सन्दिप लामिछाने र पारस खड्का सहभागी भएका थिए। सन्दिपको कर्नाटका टस्कर्स र पारसको टिम आबु धाबी प्ले-अफ चरण पुग्न असफल रह्यो। सन्दिपले प्रतियोगितामा ५ खेलमा ६ विकेट लिए। पारसले ३ खेलमा मौका पाउदा ब्याटिंगमा ४ रन तथा बलिंगमा १ विकेट लिए।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]