ब्रेट लिको नजरमा यी थिए बलिंग गर्न सबैभन्दा मुस्किल ३ क्रिकेटर, कोहली भन्दा स्मिथ माथि

विश्वकै उत्कृस्ट मध्येका तिब्र गति पुर्व अस्ट्रेलियन क्रिकेटर ब्रेट लिले बलिंग गर्न सबैभन्दा मुस्किल आफ्नो समयको ब्याट्सम्यानहरु बारे बताएका हुन्। आफ्नो खेल जीवनमा ब्रेट लिले ब्याट्सम्यानहरुको सातो लिने गर्थे। ४३ वर्षीय लिले जिम्बाब्वेका पुर्व बलर पोमी बांग्वासंग कुराकानीमा आफुलाई बलिंग गर्न मुस्किल हुने ब्याट्सम्यानहरुको नाम लिएका हुन्।

तेन्दुलकर सबैभन्दा उत्कृस्ट , यी हुन् लिको नजरमा उत्कृस्ट तिन नाम 

सन् २०१२ मा अन्तिम पटक अस्ट्रेलियाको प्रतिनिधित्व गरेका लिले महान भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरलाई अल टाइम बेस्ट ब्याट्सम्यान बताए।

“म सबै भन्दा अगाडी सचिनको नाम लिन्छु। किनकि उनिसंग सट खेल्न अतिरिक्त समय हुने गर्थ्यो। थाहा हुन्थ्यो कि एउटा महान खेलाडीसंग खेल्दैछु। यस्तो लाग्थ्यो कि उनि पपिंग क्रिजमा खेलीरहन्थे, तर उनि सट खेल्नको लागि निकै छिटो फिर्ता आउथे। मेरो विचारमा सचिन विश्वकै सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान थिए।”

सचिन पछि लिले दोश्रो नम्बरमा वेस्टइन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराको नाम लिए। “उनि ( लारा ) एकै ओभरमा अलग अलग ठाउँमा छक्का हिर्काउन सक्थे। निकै प्रतिभाशाली बल्लेबाज थिए जसलाई तपाई एकै ठाउँमा ६ बल फाल्नुस, उनि सबै बलमा फरक-फरक दिशामा सट खेल्न सक्थे।”

सचिन तेन्दुलकर र ब्रायन लारा

सचिन र लारा पछि लिले ज्याक कालिसको नाम लिए। उनको नजरमा कालिस सम्पूर्ण क्रिकेटर थिए। “मैले सधै भनेको छु कि सचिन अल टाईम उत्कृस्ट क्रिकेटर हुन्। तर क्रिकेटले उत्कृस्ट खेलाडीको रुपमा ग्यारी सोबर्सलाई देखेको थियो। मैले उनलाई खेल्दै गरेको देखिन तर जब ज्याक कालिसलाई खेल्दै गरेको देखेको छु र उनको बिरुद्ध खेलेको छु। उनि महानतम सम्पूर्ण क्रिकेटर थिए।”

“कालिस बलिंगको सुरुवात गर्ने गर्थे, ब्याटिंगमा पनि ओपनिंग गर्न सक्थे भने क्याच पनि समात्न सक्थे।”

लिले प्रिय खेलाडीहरुको नाम लिने क्रममा आफ्नो साथि स्टार विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्टको पनि तारिफ गरे। “म उनलाई निकै मिस गर्छु। एउटा विकेटकिपरको रुपमा उनि महान थए।”

“कलात्मक रुपमा कुरा गर्दा राहुल द्रविड, भिभिएस लक्ष्मण राम्रो थिए। बिरेन्द्र सहवाग यस्तो ब्याट्सम्यान थिए जो टेस्ट म्याचमा पनि छक्का हिर्काउथे।”

स्मिथ कोहलीभन्दा माथि 

हालसाली एक अन्तर्वार्ताको क्रममा ब्रेट लिले वर्तमान महान क्रिकेटरको नाम लिंदा बिराट कोहली भन्दा माथि स्टिभ स्मिथलाई राखेका थिए। त्यसक्रममा उनले स्मिथलाई महान ब्याट्सम्यान डन ब्र्याडम्यानसंग तुलना गरेका थिए।

“अहिलेको समयमा कोहली भन्दा माथि म स्मिथको नाम लिन्छु। किनकि उनले निकै अफ्टेरो समयबाट आफुलाई पुनरागमन गराएका छन्।”

“बिगत १-२ वर्षमा स्मिथले निकै आरोह-अवरोहको सामना गरेका छन्। पछिल्लो १२ महिना उनले उत्कृस्ट पुनरागमन गरेका छन्। यस्तो लाग्छ कहिले कहीं उनले आराम गरुन्।”

“मलाई लाग्छ स्मिथ डन ब्र्याडम्यान जतिकै राम्रो ब्याट्सम्यान हुन्।”

“म भोलि कोहली तिर ढल्कन सक्छु जुन मेरो मुडमा निर्भर गर्छ। दुवै जना उत्कृस्ट क्रिकेटर हुन् जसलाई तुलना गर्न मुस्किल छ।”

“हेर्नुस, यो तुलना गर्न निकै मुस्किल छ। दुवैसंग मलाई मन पर्ने निकै गुणहरु छन्। एउटा बलरको दृस्टीले हेर्दा म ब्याट्सम्यानहरुको कमजोर पक्षहरु हेर्छु। दुवै शानदार क्रिकेटर हुन्।”

“कोहली कलात्मक रुपमा उत्कृस्ट छन् र ‘भी’ मा सट प्रहार गर्ने गर्छन। करियरको सुरुवातमा धेरै ब्याटको किनारा पनि लाग्यो। तर अहिले त्यो गर्न निकै गार्हो छ। उनि निकै राम्रो लिडर हुन्।”

ब्रेट लिले अस्ट्रेलियाको लागि ७६ टेस्ट, २२१ एकदिवसीय र २५ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा क्रमशः ३१०, ३८० र २८ विकेट आफ्नो नाम गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy