भारत-चिन सिमा तनाव : भारतमा चिनियाँ सामग्री बहिस्कार गर्ने आवाज उठ्दा, चिनियाँ कम्पनि भिभोसंग आईपीएल मुख्य प्रायोजन सम्झौता गरेको बिसीसीआईलाई दवाव

भारत र चिन बीच लदाखमा जारि सिमा तनावले हाल भारतमा चिनियाँ सामग्री बहिस्कार गर्ने अभियाननै चलेको छ।

यस्तो आवाज उठ्दा भारतमा क्रिकेटको सर्वोच्च संस्था भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) लाई ठुलो दवाव परेको छ। चिनियाँ स्मार्टफोन कम्पनि भिभो चर्चित भारतीय लिग आईपीएलको टाईटल प्रायोजक रहेको छ जसले २०१८ मा ५ वर्षको लागि २ हजार १ सय ९ करोड भारतीय रुपैयाँमा उक्त सम्झौता गरेको थियो। सन् २०२२ सम्म यो सम्झौता अवधि रहेको छ।

भीभो आईपीएल नामले खेलिदै आएको आईपीएललाई अब मुख्य प्रायोजकको रुपमा रहेको भीभोले गर्दा दवाव बढेको हो। कोरोनाको कारण लकडाउनले प्रतियोगिताको १३ औं संस्करण पुर्व निर्धारित तालिका अनुसार हुनसकेको छैन। पुनः प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्ने प्रयास चल्दै गर्दा बिसीसीआईलाई अर्को दवाव थपिएको हो।

भारतीय क्रिकेट बोर्डका कोषाध्यक्ष अरुण धुमालले विहिबार यस बारे बोल्दै सरकारीस्तरबाट चिनियाँ कम्पनि बिरुद्ध ठोस कदम नचलेसम्म यो बारे आफूहरुले केहि गर्न नसकिने प्रतिक्रिया दिएका छन्।

“भविष्यमा गरिने सम्झौतामा पक्कै हामी जनता र राष्ट्रको मागलाई ख्यालमा राख्ने छौँ। बिसीसीआई प्रतिवद्धता व्यक्त गर्छौं कि भविष्यमा चिनियाँ सामग्री वहिस्कार अथवा सम्झौता गर्दा राष्ट्रको हितमा राखेर निर्णय लिनेछौँ।”

धुमालले बिसीसीआईले वर्तमान सम्झौताको भने सम्मान गर्नुपर्ने प्रतिक्रिया दिए –

“जति पनि पैसा प्रायोजकबाट आइरहेको छ त्यसको ४२ प्रतिशत भारत सरकार र भारतीय सेनालाई गइरहेको छ। बिसीसीआईले यसअघिनै यो सम्झौता गरिसकेको हुँदा हामीले यसको सम्मान गर्नुपर्छ।”

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली चिनियाँ स्मार्टफोन कम्पनि IQOO को ब्राण्ड एम्बासडर यसै वर्ष फेब्रुअरीमा नियुक्त भएका थिए।
भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली चिनियाँ स्मार्टफोन कम्पनि IQOO को ब्राण्ड एम्बासडर यसै वर्ष फेब्रुअरीमा नियुक्त भएका थिए।

“बिसीसीआईले चिनियाँ कम्पनिबाट पैसा लिएता पनि यो भारत सरकारलाई ट्याक्स मार्फत गइरहेको छ। यसले भारतलाई नै सहयोग गरिरहेको छ त्यसैले हामीले यो बुझ्नु जरुरि छ कि भारतको पैसा चिन गैरहेको छ या चिनियाँ पैसा भारत आइरहेको छ भारतको हितको लागि”  धुमालले थपे।

भीभोले भारतको कबड्डी लिगको पनि मुख्य प्रायोजन गर्दै आएको छ भने फुटबल विश्वकप जस्ता प्रतियोगिताको पनि मुख्य प्रयोजन गर्ने सम्झौता गरेको छ। अर्को चिनियाँ कम्पनि ओप्पो भारतीय राष्ट्रिय क्रिकेट टिमको अघिल्लो मुख्य प्रायोजक रहेको थियो जसले ५ वर्षको लागि १ हजार ७९ करोड भारुमा उक्त अधिकार आफ्नो नाम गरेको थियो।

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली चिनियाँ स्मार्टफोन कम्पनि IQOO को ब्राण्ड एम्बासडर यसै वर्ष फेब्रुअरीमा नियुक्त भएका थिए। यस्तै भारतीय क्रिकेट टिमको प्रायोजक रहेको पेटिएम, ड्रिम११ जस्ता कम्पनिहरुमा पनि चिनियाँ लगानीकर्ताहरु रहेका छन्।

यो अवस्थामा चिनियाँ ब्राण्डहरु रोक्ने आवाज उठ्नाले भारतीय क्रिकेट बोर्ड र क्रिकेटरहरुलाई समेत दवाव बढ्ने अवस्था रहेको छ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]