भारत सुपर ओभरमा विजयी

एजेन्सी । घरेलु टोली श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले एक बलमै भेट्टाएको थियो । सुपर ओभरमा वासिंटन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए ।

भारतले दिएको १ सय ३८ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाउँदै बराबर गरेको थियो । श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान दुई विकेट हात पारे ।

त्यसअघि श्रीलंकाको पालेखेलेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाए । रियान परागले २६ र सुन्दरले २५ रनको योगदान गरेका थिए । श्रीलंकाका महिशा थिक्सेनाले सर्वाधिक ३ विकेट हात पारे ।




थप समाचार

नेपाल ५८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]