भारत सुपर ओभरमा विजयी

२०८१ श्रावण १६, बुधबार ०८:५८

एजेन्सी । घरेलु टोली श्रीलंकालाई सुपर ओभरमा हराउँदै भारतले तीन खेलको सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सुपर ओभरमा श्रीलंकाले दिएको दुई रनको लक्ष्य भारतले एक बलमै भेट्टाएको थियो । सुपर ओभरमा वासिंटन सुन्दरले दुई विकेट लिँदै भारतलाई सहज अवस्थामा पुर्याएका थिए ।

भारतले दिएको १ सय ३८ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाउँदै बराबर गरेको थियो । श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान दुई विकेट हात पारे ।

त्यसअघि श्रीलंकाको पालेखेलेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो । भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाए । रियान परागले २६ र सुन्दरले २५ रनको योगदान गरेका थिए । श्रीलंकाका महिशा थिक्सेनाले सर्वाधिक ३ विकेट हात पारे ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy