युएईमा जारि टि-१० लिगको दोश्रो संस्करण अन्तर्गत सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्स र मराठा अरबियन्स बीचको खेल वर्षाको कारण नतिजाविहिन टुंगिएको छ।
शेख जायद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो। पहिलो इनिंग सकिएपछि पानि पर्दा खेल पुनः सुचारु हुन सकेन।
मराठाको लागि कप्तान क्रिस लिनले सर्वाधिक ६१ रन बनाएका थिए जुन क्रममा मात्र ३१ बलमा २ चौका र ६ छक्का प्रहार गरेका थिए। यस्तै एडम लिथले ३ चौका र ५ छक्का प्रहार गर्दै २० बलमा ५० रन बनाए।कर्नाटकाको बलिङ्गमा सन्दिप लामिछाने, नाथन रिमिंगटन र एहमद राजाले १/१ विकेट लिएका थिए।
खेल पछि कर्नाटका अंक तालिकामा छैठौं स्थानमा रहेको छ। ४ खेलमा उसले १ जित, २ हार र १ नतिजाविहिन अंक पछि ३ अंक बटुल्न सकेको छ।
लिग अन्तर्गत कर्नाटकाले अब आगामी खेल बिहिबार कलन्दर्ससंग खेल्नेछ। खेल नेपाली समय ७:३० बजे सुरु हुँदैछ।
सन्दिप लामिछानेको प्रदर्शन यस्तो रह्यो
पहिलो ओभर – १४ रन ( ६ , ० , ६ , १ , १ , ० )
इनिंगको पाँचौ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई पहिलो बलमै एडम लिथले फाइन लेगको माथि स्विप गर्दै छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा पनि लिथले काउ कर्नर माथि छक्का प्रहार गरे। त्यसपछि सम्हालिने क्रममा बाँकी ३ बलमा उनले २ वटा सिंगल मात्र दिए।
दोश्रो ओभर – ११ रन दिएर १ विकेट ( १ , विकेट , वाइड , १ , १ , ६ , १ )
आठौँ ओभरमा दोश्रो तथा अन्तिम ओभर बलिङ्ग गर्ने क्रममा सन्दिपले ९ रन खर्चेर १ विकेट लिए। यस क्रममा ओभरको दोश्रो बलमा उनले एडम लिथको विकेट विकेट लिए। ५० रन बनाउदै लिथ अघि बढेर खेल्दा बाहिरि किनारा लागेपछि सर्ट थर्ड म्यानमा क्याच आउट भएका थिए। त्यसपछि ओभरको पाँचौ बलमा क्रिस लिनले सन्दिपले गरेको छोटो बललाई लंग अन माथिबाट छक्का प्रहार गरे।
सन्दिपले २ ओभरमा २५ रन खर्चेर १ विकेट लिए।
प्रतियोगितामा सन्दिपले हाल सम्म ४ खेलमै ४ विकेट लिएका छन्। पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट, बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट, डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्च गर्दा विकेटविहिन रहेका थिए।