मलेसियन लिगमा सहभागी हुने नेपाली क्रिकेटरको विदाई

२०८१ बैशाख १०, सोमबार २०:५०

काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा सहभागीता जनाउने ६ नेपाली क्रिकेटरको विदाई भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार एक कार्यक्रमका बीच छ महिला क्रिकेटरको विदाई गरेको हो ।

लिगमा नेपाली महिला टोलीकी कप्तान ईन्दु बर्मा, पुर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, पुजा महतो, कविता कुवँर र अस्मिना कर्माचार्यले सहभागीता जनाउने छन् ।

सुपर लिग २४ अप्रिलबाट ५ मेसम्म आयोजना हुनेछ । नेपाली महिला टिम एसिया कप सहभागीताको तयारीमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy