महँगो पहिलो ओभर पछि सन्दिपको राम्रो बलिंग, लिए कटिंगको विकेट, मेलबर्नको विजयी सुरुवात

Sandeep Lamichhane

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरेको टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

करारा ओभल क्वीन्सल्याण्डमा सम्पन्न खेलमा मेलबर्नले दिएको १६८ रनको लक्ष्य पछ्याउदा ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

ब्रिसबेनको लागि ओपनर टम बान्टनले सर्वाधिक ६४, म्याट रेन्सले ३९ तथा बेन कटिंगले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन्। मेलबर्नको ब्लैंगमा ड्यानियल वोरल, हरिस रौफले २/२ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

यस अघि मेलबर्नको लागि काप्तन ग्लेन म्याक्सवेलले ८३ रनको विस्फोटक इनिंग खेलेका थिए। ३९ बलमा उनले ७ चौका र ५ छक्का प्रहार गरे। म्याक्सवेलनै खेलको प्लेयर अफ द म्याच चुनिए।

मेलबर्नले दोश्रो खेल आइतबार होबार्ट हरिकेन्ससंग खेल्नेछ। खेल नेपाली समय ९:३० बजे विहान सुरु हुनेछ।

महँगो ओभर पछि सन्दिपको राम्रो कम्ब्याक

बिग ब्यास लिगको दोश्रो सिजन खेल्ने क्रममा सन्दिपको सुरुवात राम्रो रहन सकेको थिए। इनिंगको दोश्रो ओभरमा बलिंग गर्न आएका सन्दिपको पहिलो ३ बलमा टम बान्टनले चौका, चौका र छक्का प्रहार गरेका थिए। अन्तिम बलमा म्याक्स ब्रायन्टले चौका प्रहार गरेपछि ओभरमा सन्दिपको कुल १९ रन खर्चिए।

पहिलो ओभरको नमिठो सुरुवात पछि सन्दिप दोश्रो ओभर गर्न सातौँ ओभरमा आए। दोश्रो ओभरमा सन्दिपले ६ रन खर्चिए। १२ औं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले झनै राम्रो बलिंग गर्दा ५ रन मात्र खर्चिए।

१४ औं ओभरमा अन्तिम ओभर बलिंग गर्न आएका सन्दिपले ओभरको तेश्रो बलमा महत्वपूर्ण सफलता हात पारे। १२ रन बनाएर क्रिजमा रहेका बेन कटिंगलाई क्याच आउट गराउदै मेलबर्नलाई खेलमा हावी गराए। अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर कटिंग लंग-अनमा क्याच आउट भए।

पहिलो ओभरमा १९ रन खर्चेका सन्दिपले दोश्रो ओभरमा ६ रन, तेश्रो ओभरमा ५ रन तथा अन्तिम ओभरमा ८ रन खर्चिए र स्पेल ४-०-३८-१ मा समाप्त गरे।

अघिल्लो सिजन पनि मेलबर्नको स्टार्सको लागि खेलेका सन्दिपलाई यो पटक मेलबर्नले १ करोड बढी मूल्यमा ( रकम खुलाइएको छैन ) अनुबन्ध गरेको हो। अघिल्लो सिजन सन्दिपले ६० देखि ७० लाख रुपैयाँ पाएको बताईएको थियो।

गत सिजन बिग ब्यासमा सन्दिपले कुल ८ खेल खेल्दा ११ विकेट लिएका थिए जुन क्रममा ६.५७ को राम्रो इकोनोमिले बलिंग गरेका थिए। बिग ब्यास लिग चल्दै गर्दा बीचमा उनि बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए जसपछि पुनः लिगको अन्तिममा अस्ट्रेलिया पुगेका थिए।यो पटक सन्दिपले पुरा सिजन बिग ब्यास लिग खेल्नेछन्।

गत सिजन सन्दिपको प्रदर्शन –

बिरुद्ध सिड्नी थन्डर्स – २ विकेट ( ४-०-३६-२ )
बिरुद्ध होबर्ट हरिकेन्स – ३ विकेट ( ४-०-२४-३ )
बिरुद्ध सिड्नी सिक्सर्स – २ विकेट ( ४-०-१८-२ )
बिरुद्ध मेलबर्न रेनेगेड्स – १ विकेट ( ४-०-३१-१
बिरुद्ध ब्रिसबेन हिट – विकेटविहिन ( २-०-२८-० )
बिरुद्ध सिड्नी सिक्सर्स – ३ विकेट ( ३.४-०-११-३ )
बिरुद्ध होबर्ट हरिकेन्स – विकेटविहिन ( ४-०-३१-० )
बिरुद्ध मेलबर्न रेनेगेड्स – विकेटविहिन ( ४-०-१६-० )

बिग ब्यास लिगको गत सिजन मेलबर्न स्टार्स फाइनलसम्म पुगेको थियो। फाइनलमा मेलबर्न रेनेगेड्ससंग स्टार्स १३ रनले पराजित भएको थियो। लिग चरणमा मेलबर्न १४ खेलमा ७ जित र ७ हार पछि चौथो स्थानमा रहेको थियो।

बिग ब्यास लिगमा एडलेड स्ट्राइकर्स, ब्रिसबेन हिट, होबर्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्करचर्स, सिड्नी सिक्सर्स, सिड्नी थन्डर्स गरि कुल ८ टिम सहभागी रहेका छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]